ट्वाइलेटमा एलडिओलाई थुन्ने मन्त्री यादवले यसरी कर्मचारी थर्काउन थालेपछि सिंहदरवारमा त्राही त्राही

काभ्रे, २४ फागुन । कुनै समय एक स्थानीय विकास अधिकारी (एलडिअाे)लार्इ ट्वाइलेटमा थुनेर चर्चामा अाएका मातृका प्रसाद यादव अहिले उद्याेग वाणिज्य तथा अापूर्ती मन्त्री बनेका छन् । यसपटक मन्त्रालयमा पहिलाे फाइलमा साइन गर्दादेखि नै चर्चामा अाएका उनी कर्मचारीहरुलार्इ कुनै पनि गल्ती नगर्न भन्दै थर्कामान पारेकाे चर्चा अझै चलिरहेकाे छ ।

यसैक्रममा उनले कुनै हालतमा पनि भ्रष्टाचार नसहने बताएका छन् । आफ्नो मन्त्रालय मातहतका कर्मचारीले भ्रष्टाचार गरेको थाहा पाए ‘अन् द स्पट’ कारबाही गर्ने उनले चेतावनी पनि उनले दिएका छन् । काभ्रे महोत्सव–२०७४ को बुधबार धुलिखेलमा उद्घाटन गर्दै मन्त्री यादवले भ्रष्टार गर्नेलाई नछाड्ने उल्लेख गरे ।

‘मेरो मन्त्रालय मातहत कोही पनि कर्मचारीले भ्रष्टाचार गरेको पाएमा ‘अन द स्पट’ कारबाही गर्छु’, यादवले भने । मन्त्री यादवले कर्मचारीलाई घूस नदिन सेवाग्राहीलाई आग्रह गर्दै यदि कसैले घूस खुवाएको थाहा पाएमा उसलाई पनि नछाड्ने चेतावनी दिए । तत्कालिन वनमन्त्री यादवले जिल्ला विकास समिति ललितपुरका स्थानीय विकास अधिकारीलाई मन्त्रालय बोलाएर शौचालयमा थुनेको घटनाको अहिले पनि कर्मचारी वृत्तमा चर्चा हुने गरेको छ ।

‘दीर्घकालीन विकास, सुसाशन र अग्रगमनको आधार आर्थिक समृद्धिको बहार’ भन्ने मूल नारा साथ आयोजना गरिएको महोत्सव आगामी ३ चैतसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवमा १ सय ५० भन्दा बढी स्टल राखिएको छ ।

२०३४ मा नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) बाट राजनीतिक यात्रा सुरु गरेका मातृका यादव विसं २०३६–३८ सम्म उनी सिरहा क्याम्पसमा दुई पटक अनेरास्ववियुको सभापति बने । त्यसताका उनको एउटा भाषणले सबै विद्यार्थीले उनलाई नै मत हालेको कुरा त्यतिबेला निकै चर्चित थियो ।

विस २०३८ मा विद्यार्थीको सातौँ राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य बने । त्यसताका सङ्गठन भूमिगत थियो । राजधानीबाट उनी इन्द्रचोकबाट पक्राउ परे ।

उनी विद्यार्थीभन्दा पनि पार्टीमा बढी सक्रिय थिए । चौम (चौथो महाधिवेशनका पोलिटब्युरो सदस्य (पीबीएम) समेत रहेका उनी सिरहा मिर्चैया बडहराका जयगोविन्द साहबाट वर्गीय र सैद्धान्तिक कुराको ज्ञान लिएका थिए । त्यसताका उनले सबैला (उनको गाउँ) क्षेत्र उनले खुबै तताएका थिए ।

२०३८ चैतमा समातेर उनलाई डिल्लीबजार खोरमा चार महिनासम्म राखिएको थियो । त्यहाँ उनले ठूलो सङ्घर्ष गरेका थिए । जेलभित्रै अश्रुग्यास र गोली चल्यो । आफूलाई रिहा गर्नुपर्ने माग राख्दा जेलका नाइकेहरू मातृका यादवमाथि आक्रमण गर्न गएका थिए ।

त्यतिबेला मातृका यादव लगायतले जेलको गेट कब्जामा लिएका थिए । विसं २०३९ मा जेलबाट छुटेपछि उनी पार्टीमा सक्रिय भए । विसं २०४० मा देव गुरुङको नेतृत्वमा विद्यार्थी सङ्गठनमा केन्द्रीय सदस्य र पार्टीमा क्षेत्रीय व्युरो सदस्य थिए, उनी । यहाँसम्म आइपुग्दा उनी ‘होल टाइमर’ कार्यकर्ताका रूपमा पार्टीमा सक्रिय भइसकेका थिए ।

२०४२ तिर उनीमाथि विभिन्न झुठा मुद्दा लगाएर जेल चलान गरियो । त्यतिबेला मातृका नौ महिना जेलमा बसे । २०४४÷४५ तिर पार्टी जनयुद्धमा जाने बहुसङ्ख्यकको माग थियो । त्यतिबेला मातृका क्षेत्रीय ब्युरो सदस्य थिए । २०४६ तिर पार्टीले भौतिक प्रशिक्षण सुरु गयो । त्यसमा पनि उनी सक्रिय रहे । फेरि उनी पक्राउ परे । झण्डै १८ महिनासम्म उनलाई खरखजाना, राजकाज, ज्यानलगायतका मुद्दामा जलेश्वर जेलमा राखियो ।

पार्टी पातलो मसाल, मोटो मसाल हुँदै एकता केन्द्र बन्दासम्म मातृका क्रान्तिकारी धारमै सक्रिय थिए । २०५०÷५१ मा प्रचण्डको नेतृत्वमा रहेको एकता केन्द्रमा उनी संलग्न भए । उनलाई केन्द्रीय समितिमा ल्याउने कुरा भयो । उनी रामवृक्ष यादव मास्टर साहेबलाई केन्द्रीय सदस्य बनाउनुपर्ने अडान राखे र आफू गएनन् ।

२०५१ मा पार्टीको तेस्रो विस्तारित वैठकपछि पार्टी नेकपा (माओवादी) बन्यो । पार्टी भूमिगत बन्यो । उनी धनुषामा केन्द्रित रहे । २०५६ मा श्रीमतीको उपचारका क्रममा काठमाडौँ आउँदा पक्राउ परे उनी । एक वर्षसम्म उनलाई बेपत्ता पारियो ।

२०५८ मा फेरि उनी जेलमा परे । २०५९ मा सरकारसँग पहिलो वार्तामा उनी जेल मुक्त भए भने दोस्रो वार्तामा टोलीका सदस्य बने । २०६० मा फेरि दिल्लीबाट पक्राउ परे । २०६३ को वैशाख अन्तिमतिर उनी छुटे ।

उनी अन्तरिम व्यवस्थापिका संसदमा वनमन्त्री बनेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालसँगको विवाद कारण उनी मन्त्रीबाट राजीनामा दिएर हिँडेका थिए ।

२०६४ मा संविधानसभामा समानुपातिकबाट सभासद बने । सभासद भएकै बेला उनी पार्टीबाट अलग भए । पार्टीबाट अलग हुने बेला उनले सभासद्बाट पनि राजीनामा दिए । २०६५ माघ २९ गते माओवादी पुनर्गठन गर्ने भन्दै नेकपा (माओवादी) को संयोजक भएर अघि बढे ।

एक्लै छुट्टै पार्टी बनाएर खास प्रगति नहुने देखेका यादव पुनः दुई वर्ष अगाडि माओवादी केन्द्रमा फर्के । माओवादी केन्द्रको तर्फबाट निर्वाचन लडेका यादव धनुषा १ बाट पहिलो पटक प्रतिनिधिसभा चुनाव जितेका हुन् । माओवादीको तर्फबाट मन्त्री बनेका  यादव यो सँगै तेस्रो पटक मन्त्री भएका छन् ।

Loading...