माओवादी केन्द्रसँग एकता नगर्दै फुटको संघारमा एमाले, यस्तो छ भुसको आगो

काठमाडौं, २४ फागुन । माअाेवादी केन्द्रसँग एकता गरेर अझ ठूलाे पार्टी बन्न खाेजेकाे नेकपा एमाले अहिले फुटकाे संघारमा पुगेकाे छ । पार्टीभित्रकाे अन्तरविराेध भुसकाे अागाे झै खतरानाक ढंंगले सल्किएकाे छ । खासगरी अध्यक्ष केपी अाेलीकाे मनाेमानीप्रति एमालेमा तीब्र असुन्तुष्टि बढेकाे छ ।

पछिल्लाे समयमा राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर नेकपा एमाले दुई कित्तामा विभाजित भएको छ । यसअघि पनि अरु थुप्रै विषयमा एमालेमा अलग अलग अभ्यास हुँदै अाएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार रातिसम्म चलेको स्थायी कमिटी बैठकमा वर्तमान राष्ट्रपतिलाई दोहोर्याउने वा नदोहोर्याउने भन्ने विषयमा नेताहरुबीच निकै बेर विवाद भयो ।

करिब सात घण्टासम्म चलेको बैठकको अन्त्यमा झलनाथ खनालले दाबी छाडेपछि राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई दोहोर्याउने निर्णय भएको थियो । माधव कुमार नेपालको जन्मदिनको केक काटेर साँझ ६ बजे सुरु भएको बैठक सकेर एमालेका नेताहरु बालुवाटारबाट बाहिरिँदा रातको १ बजेको थियो ।

दोस्रो तहका नेताहरु कसलाई राष्ट्रपति बनाउने भनेर विभाजित भए पनि शीर्ष नेताहरुले यस विषयमा आफ्नो धारणा स्पष्टसँग राखेका थिएनन् । माधव नेपालले अध्यक्ष को कार्यशैली ठिक नभएको भन्दै आलोचना गरेका थिए । आजको नागरिक दैनिकमा यो खबर छ ।

बैठकमा प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको समेत आलोचना भएको थियो । महत्वपूर्ण निर्णय गर्नुपर्दा अन्तिम समयमा मात्रै बैठक बोलाउने, पहिलो अजेन्डा केही पनि नभन्ने र पार्टी विधिअनुसार नचलेको भन्दै अध्यक्ष ओलीको आलोचना भएको थियो ।

‘संसदीय दलको बैठकबारे जानकारी समेत ढिलो गरियो । अन्य विषयमा निर्वाचन समिति गठन हुन्थ्यो । संसदीय दलमा त्यो पनि भएन ।’ उपमहासचिव घनश्याम भुसाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘संसदीय दलको नेतामा उम्मेदवारी दिने तयारी थियो ।’

फागुन ३ गते दिउँसो भएको बैठक सुरु हुन लाग्दा मात्रै खबर भएको भुसालले बताए । राष्ट्रपतिबाट बिहान प्रधानमन्त्री नियुक्त भएका ओलीलाई दिउँसो एमाले संसदीय दलको नेता सर्वसम्मत रुपमा चुनेको थियो ।

बैठकमा पार्टीको कार्यशैलीप्रति आलोतना गर्दै उपमहासचिव भुसालले नोट अफ डिसेन्ट लेख्ने बताए ।

सुवास नेम्वाङले पनि खोजे राष्ट्रपति

स्थायी समिति बैठकमा दोहोरो कोणबाट तर्क आइरहेको वेला सुवास नेम्वाङले राष्ट्रपतिमा आफ्नो पनि दाबी प्रस्तुत गरेका थिए ।

उनको भनाइ थियो, ‘मैले संविधान बनाउन भूमिका खेलेँ । त्यसका लागि कैयनपटक जोखिम मोलेँ । बाहिरका कतिले ‘फादर अफ दी कन्सिच्युसन’ भन्दै जस पनि दिए तर अब मेरो भूमिका के हो ?

के मेरो मृत्युपछि मात्र सुवास नेम्वाङले संविधान बनाउन भूमिका खेल्यो भन्दै सम्झिनुहुन्छ रु बैठकले निर्णय गरोस् । तपाईंहरूलाई छलफल गर्न अफठ्यारो हुन्छ भने म बरु बैठकबाहिर गइदिन्छु, निर्णयका लागि सजिलो होस् ।

तर, मैले जति योगदान गरेँ, त्यसलाई पार्टीले ‘प्रोपर्टी’ का रूपमा पुँजीकृत गर्ने कि नगर्ने रु’ तर, उनको विषयमा थप छलफल भएन ।

Loading...