ट्रम्पका विश्‍वास पात्रहरु धमाधम उनको साथ छोड्‍दै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको नीतिप्रति असन्तुष्ट भएर उनका विश्‍वासपात्रहरुले भाकाभक छोड्‍न थालेका छन् । ट्रम्पले सल्लाहकार बनाएका विश्वासपात्रहरुले राजिनामा दिने क्रम रोकिएको छैन । यसैक्रममा आर्थिक सल्लाहकार गैरी क्युनले पदबाट राजीनामा दिएका छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार ट्रम्पको नीतिप्रति असन्तुष्ट रहेकै कारण क्युनले पदबाट राजिनामा दिएका हुन् । उनले देशको सम्मानका लागि राजीनामा दिएको उल्लेख गरेका छन् । गैरी क्युन राष्ट्रपति ट्रम्पका निकै विश्वासपात्र मानिन्छन् ।

पछिल्लो समय खुला ब्यापार र आल्मुनियम तथा स्टील आयातमा लाग्ने कर बढाउने ट्रम्पको नीतिप्रति उनी असन्तुष्ट रहँदै आएका थिए ।

राजीनामा दिएपछि क्युनले राष्ट्रपति ट्रम्पले आफूलाई आर्थिक सल्लाहकारमा नियुक्त गरी देशको सेवा गर्ने मौका दिएकोमा धन्यवाद दिएका छन् । यसअघि ट्रम्प प्रशासनका तीन उच्च अधिकृतले राजीनामा दिइसकेका छन् ।

Loading...