श्रीमती, सासु–ससुरासहित नौ जनाको हत्या गरी कतार पुगेका बल्ल परे प्रहरी फन्दामा

काठमाडाैं । एउटा मान्छे कतिसम्म क्रुर हुनसक्छ ? कल्पना गर्न सकिन्न । एक जना क्रुर व्यक्ति जसले अाफ्नै श्रीमती, सासु, ससुरासहित ९ जनाकाे हत्या गरी कतार लाग्ने व्यक्ति बल्ल प्रहरीकाे फन्दामा परेका छन् ।

यसरी नौजनाको हत्या गरी खोजी सूचीमा रहेका सकिल हुसेन मियाँ हुन । सप्तरी घर भएका सकिललाई दुबर्इबाट पक्रेर प्रहरीले नेपाल ल्याएको छ। इन्टरपोलको सहयोगमा कतार प्रहरीले मियाँलाई पक्राउ गरी आइतबार नेपाल प्रहरीलाई जिम्मा लगाएको छ।

श्रीमती, सासू र ससुरासहति नौजना व्यक्तिको हत्यामा प्रत्यक्ष संलग्न अभियुक्त सकिल हुसेन मियाँ सकिल मोहम्मद हुसेन लाई आइतबार कतारबाट नेपाल ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीषक डिआइजी मनोज न्यौपानेले जनाए ।

उनका अनुार नेपाल प्रहरीले इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारगिरेपछि विश्वभरी उनको खोजिगरिएको थियो।

प्रहरी प्रवक्ता न्यौपानेले कतारप्रहरीले सकिललाई नेपाल ल्याएर हस्तान्तरण गरेको बताए।

Loading...