बसको ठक्करबाट २ प्रहरी जवानको मृत्यु

पोखरामा बसको ठक्करबाट २ प्रहरी जवानको मृत्यु भएको छ । बिजयपुरमा सवारी दुर्घटना हुदा आइतवार राती उनीहरुको ज्यान गएको हो ।

ज्यान जानेमा प्रहरी कार्यलय बैदाममा कार्यरत प्रहरी जवान प्रदीपकुमार यादब र सुशील बाँनिया रहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

मोटर साइकलमा सवार उनीहरुलाई ग ४ ख ५७८५ नम्बरको रात्री बसले ग ११ प ३६४५ नम्बरको मोटरसाइकललाइ ठक्कर दिँदा यादव र बाँनियाको मृत्यु भएको प्रहरीले बताएको छ ।

Loading...