सलमानको कार्यक्रम स्थगित भएपछि नेपाली कलाकार खुशी

काठमाडौं । भारतीय चर्चित अभिनेता सलमान खानको काठमाडौंमा हुन लागेको कार्यक्रम स्थगित भएपछि नेपाली कलाकार खुशी भएका छन् । उनीहरुले सामाजिक संजालहरुमा प्रतिक्रिया दिइरहेका छन् । नेपाली कलाकारले नै पहिलो प्राथमिकता पाउनु पर्ने बताएका छन् ।

त्यस्तै भारतीय कलाकारहरुलाई नेपाल ल्याएर यसरी कार्यक्रम गर्नु नेपाली संस्कृतिमाथिको हस्तक्षेप हुने बताएका छन् ।

पल्ला घरकी सुकिलो सुकिलो लुगा लगाएकी आमाभन्दा झूत्रो लुगा लगाएकी आफ्नै आमा प्यारी हुने बताए । उनले नेपाली बच्‍चाले पहिले अामा भन्‍न सिक्‍नुपर्ने बताएका छन् ।

यसैबीच चर्चित हाँस्यव्यग्य कलाकार केदारप्रसाद घिमिरे ‘माग्‍नेबुढा’ले सामाजिक संजालमा लेखेका छन् , ‘इजरायल जाँदा मलाई दिल्लीमा दाह्री काट्न दिइएको दवाव, सुदूरपश्चिमका जनताले भारतमा काम गरेर फर्किँदा बोर्डरमा सहेको हेपाई, कपिल आउँदा जितु नेपालको अपमान, सिमाना मिचाई, बेला-बेला नेपाल छिरेर गर्ने उपद्रो आदि हेर्दा सलमानको कार्यक्रम स्थगित नै भएपनि धेरै दुख नमाने हुने देखिन्छ । हामीसँग पनि अनमोलहरु छन् ।’

माग्‍नेबुढाले नेपाली गीत संगितले पहिलो प्राथमिकता पाउनु पर्ने,नेपाली मिडियामा अाउने विज्ञापनि नेपाली मोडेल हुनुपर्ने पनि बताएका छन् । उनी अगाडि लेख्‍छन्, ‘नेपालमा पहिलो प्राथमिकतामा नेपाली कलाकार हुनुपर्छ । नेपाली गीत संगीत पहिलो प्राथमिकतामा हुनुपर्छ । नेपाली मिडियामा आउने विज्ञापनमा नेपाली मोडेल हुनुपर्छ । नेपालमा जन्मिने बच्चाले पहिलो शब्द आमा नै बोलुन् , मदर, मा वा मम् नबोलुन् । भाषा सकियो देशै सकियो । सुकिलो लुगा लगाएकी पल्ला घरकी आमाभन्दा झूत्रो लुगा लगाएकी आफ्नै आमा प्यारी ।’

Loading...