जेलबाटै रेशम चौधरीले लेखे यस्तो पत्र, सपथ खुवाउने षड्यन्त्र

कैलाली, १९ फागुन । प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीले निर्वाचित भएको प्ररमाणपत्र पाउन र सपथग्रहण कार्यक्रममा उपस्थित हुन आवस्यक व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दर्ता गराएका छन् ।

कैलाली कारागारमा पुर्पक्षका लागि थुनामा रहेका चौधरीले बुधबार कारागारबाटै २० फागुनमा हुने सपथग्रहरणमा उपस्थिति हुन पाउँ भन्दै निवदेन दर्ता गराएका हुन् । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले चौधरीले निवदेदन दर्ता गराएको पुष्टि गरे । उनको निवेदन संघीय संसद सचिवालयमा पठाउने प्रशासनको तयारी रहेको छ । चौधरी कैलाली क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

यसलार्इ केहीले चाैधरीलार्इ छुटकारा दिने षड्यन्त्र भएकाे भन्दै विराेध जनाएका छन् । टिकापुर घटनामा उनलार्इ प्रमुख दाेषी मानिएकाे छ । साेही मुद्दामा उनी लामाे समय फरार भएर बसेका थिए । साे मुद्दामा लक्ष्मण चाैधरी लगायतका अन्य केही व्यक्तिहरु अहिले पनि कैलाली जेलमा थुनामै रहेका छन् ।

Loading...