बीरगंजमा व्यवसायीमाथि गोली हान्न लगाउने उनकै श्रीमती भएको पुष्टि

पर पुरुषसँगको प्रेममा फसेकी एक श्रीमतीले आफ्नै श्रीमानलाइ गोली हान्न लगाएको खुलासा भएको छ । पर पुरुषसंगको प्रेम सम्बन्ध सफल पार्न उनले आफ्नै श्रीमान्लाई गोली हान्न लगाएको खुलासा भएको हो । नामै प्रियंका ।

पर्साको विन्दवासिनी गाउँपालिका–३ झौवाटोल स्थायी घर भै वीरगन्जको रानीघाटमा बस्दै आएका ३५ वर्षीय उमेशप्रसाद चौरसियालाई आफ्नै श्रीमती प्रियंका चौरसियाले प्रेमीसँग मिलेर गोली हान्न लगाएको रहस्यो खुलेको छ ।

चौरसीया धागो व्यवसायी हुन् ।
जिल्ला प्रहरी कार्यालय विरगञ्ज नजिकै रहेको रातोबंगला अगाडि चाैरसियामाथि गाेली प्रहार भएकाे थियो । गाेली लागेर चौरसिया गम्भीर घाइते उनको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि राजधानी रिफर गरिएको छ ।

उमेश प्रियंकासँग विहे गरेपछि वैदेशीक रोजगारीको शीलशीलामा खाडी पसे र ३ बर्ष उतै बसे । यो बीच उमेशको श्रीमती प्रियंका र वीरगन्जको अपोलो ट्रमा सेन्टरमा सिएमए पदमा कार्यरत बाराको परवानीपुर १ का २४ वर्षीय विकेन्द्र कुमार गुप्ताबीच प्रेम सम्बन्ध झाँगियो ।

उमेश वैदेशीक रोजगारीबाट स्वदेश फर्किएपछि उनको हत्या गरी आफुहरुको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने नियतले प्रियंका र विकेन्द्रले उमेशको हत्या गर्ने योजना बनाए ।

गोली प्रहार गर्ने वीरगन्ज १२ मुर्लीका २५ वर्षीय मुन्ना साह, बाराको परवानीपुर गाँउपालिका १ का २७ वर्षीय मनोज गुप्ता, उमेशकी श्रीमती प्रियंका र प्रियंकाका प्रेमी विकेन्द्रलाई प्रहरीले पक्राउ गरेको छ । र थप अनुसन्धान अगाडी बधाइएको प्रहरीले बताएको छ ।

Loading...