जिल्ला प्रहरी कार्यालय अगाडि नै व्यवसायीमाथि हानियो गोली, गोली लागेका चौरासियाको अवस्था गम्भीर

विरगञ्‍ज, १७ फागुन । विरगञ्जमा एक युवा व्यवसायीमाथि गाेली प्रहार भएकाे छ । युवा व्यवसायी उमेशप्रसाद चौरसियामाथि अज्ञात समूहले गोली प्रहार गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय विरगञ्ज नजिकै रहेको रातोबंगला अगाडि चाैरसियामाथि गाेली प्रहार भएकाे हाे । गाेली लागेर चौरसिया गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

वीरगन्ज महानगपालिका–१३ रानीघाट निवासी ३२ वर्षीय चौरसियाको दाहिने कोखामा गोली लागेको छ । उनको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेकाे छ । तर, सास्थ्यअवस्था जटिल रहेकाे र सुधार हुन नसकेको बताइएकाे छ । अस्पताल स्रोतका अनुसार चौरसियाको रक्तस्राव हुनुको साथै रक्तचाप समेत अनियन्त्रित हुँदै गएको छ । थप उपचारको लागि उनलार्इ काठमाडौंस्थित वीर अस्पताल रिफर गरिएको छ ।

चाैरासिया धागो व्यापारी हुन । उनीमाथि गोली प्रहार गर्नेकोे खोजी भइरहेको विरगञ्ज प्रहरीले जनाएको छ । उनीमाथि गए राती ९ः३० बजे हतियारसहित अाएका केही व्यक्तिले गाेली प्रहार गरेका थिए । घटनामा संलग्नलाई पक्राउ गर्न वीरगन्जसँग सिमाना जोडिएका क्षेत्रमा चेकजाँचलाई तीव्र पारिचालनका साथै नगर क्षेत्रमा भित्रिने र बाहिरिने बाटोमा सेमत चेकजाँच भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

Loading...