अखिल क्रान्तिकारीका तीन नेता बैतडीबाट गिरफ्तार

धनगढी, १७ फागुन । अनेरास्ववियु (क्रान्तिकारी)का तीन नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश जप्रेललाई बैतडी प्रहरीले बुधबार गिरफ्तार गरेको हो ।

त्यसैगरी जिल्ला नेताहरु सुरेन्द्र धामी र शिशिरलाई गिरफ्तार गरेको अखिल क्रान्तिकारीले जनाएको छ । संगठनको काममा रहेका नेताहरुलाई विना कारण रफ्तारको बताउँदै अध्यक्ष पूर्णबहादुर सिंहले तत्काल रिहा गर्न माग गरेका छन् । हिजै सुर्खेतबाट प्रहरीले तीन नेतालाई गिरफ्तार गरेको थियो ।

संगठनका महासचिव दिपेन्द्र चलाउनेलगायत देशभर भइरहेको गिरफ्तारीविरुद्ध अखिल क्रान्तिकारीले यही २० गते अाम शैक्षिक हड्तालको घोषणा गरेको छ ।

Loading...