मुख्यमन्त्रीलार्इ मासिक तलब मात्र ६० हजार, भत्ता र सुविधा कति कति

बुटवल, १७ फागुन । प्रदेश नम्बर ५ ले प्रदेश मुख्यमन्त्री, राज्यमन्त्री, साहकमन्त्री र सांसदहरुको पारिश्रमिक तथा सेवा-सुविधा सम्बन्धी मस्यौदाको खाका तयार गरेको छ । केन्द्रले पठाएको प्रारम्भिक विधेयकको आधारमा प्रारम्भिक मस्यौदा तयार गरेको हो ।

प्रारम्भिक मस्यौदामा उल्लेख भए अनुसार प्रदेश सभाका मुख्यमन्त्रीको तलब मासिक ६० हजार ९ सय प्रस्ताव गरिएको छ । संघले केन्द्रलाई पठाएको विधेयकमा समेत सोही रकम उल्लेख छ । संघले पठाएको विधेयकमा मन्त्रीहरुको मासिक पारिश्रमिक ५२ हजार उल्लेख छ ।

मुख्यमन्त्री कार्यालयका अनुसार राज्यमन्त्रीका लागि ४९ हजार र सहायक मन्त्रीको मासिक पारिश्रमिक ४७ हजार प्रस्ताव गरिएको छ । विधेयकमा प्रदेशसभा सदस्यका लागि मासिक पारिश्रमिक ४५ हजार तोकिएको छ ।

मुख्यमन्त्रीकाे मासिक पारिश्रमिकभन्दा भत्ता र अन्य सुविधा निकै धेरै भएकाे बताइएकाे छ । अावास, विद्युत, टेलिफाेन, सूचना सन्चार, पत्रपत्रिकादेखि अन्य नदेखिने थुप्रै भत्ता तथा सुविधाहरु मुख्यमन्त्री र मन्त्रीहरुका लागि दिइने तयारी भइरहेकाे छ । यसले जनताकाे करकाे दुरुपयाेग हुने धेरैकाे बुझाइ छ ।

Loading...