अन्तिम पटक स्वर्ण आभूषणमा सजिएकी थिइन चर्चित अभिनेत्री श्रीदेवी

गत शनिबार निधन भएकी चर्चित भारतीय अभिनेत्री श्रीदेवीको बुधबार राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ ।

भारतीय शहर मुम्बइमा उनलाई हजारौँ प्रशंसकले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि अन्त्यष्टि गरिएको हो । अन्त्यष्टि पूर्व निकालिएको शवयात्रामा हजारौँ प्रशंसक सहभागी भएका थिए ।

विशेष रूपमा सिङ्गारिएको एउटा ट्रकमा राखेर उनको शवलाई सात किलोमिटर टाढा रहेको अन्त्येष्टि स्थलमा लगिएको थियो । शवयात्राका कारण लामो समय मुम्बईको सडकमा ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो भने अन्त्यष्टि स्थलसम्म पुग्न झण्डै दुई घण्टा लागेको थियो ।

दुबईको अस्पतालले पोस्टमार्टम रिपोर्ट दिन ढिला गरेपछि उनको पार्थिव शरीरलाई मङ्गलबार अबेर राति मात्र दुबईबाट मुम्बई ल्याइएको थियो ।

सोमबार दुबई सरकारले बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘बाथ टब’मा डुबेर भएको जानकारी गराएको छ । आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन ५४ वर्षीया श्रीदेवी संयुक्त अरब इमिरेट्स गएकी थिइन । 

सन् २०१३ मा भारत सरकारले उनलाई देशकै चौँथो ठूलो नागरिक सम्मान पद्मश्रीबाट विभूषित गरेको थियो । श्रीदेवीले करिब तीन सय चलचित्रमा अभिनय गरेकी छन । 

श्रीदेवीकाे जन्म एक तमिल परिवारमा भएको थियो । अन्तिम विदाईको दौरान उनको शरिरमा दक्षिण भारतीय परम्परागत सुनका गरगहनाबाट सुसज्जित गरिएको थियो । गलामा लागाइएको लङ्ग नेकपीस (टेंपल ज्वैलरी) दक्षि‍ण भारतीय शैलीमा खास मुख्य आभूषण मानिन्छ ।

यसको ऐतिहासिक महत्व यसकारण छ कि मन्दिरहरुमा देवी-देवताको आकृतिले सजाएको यस किसिमको गरगहनालाई पहिला पहिला मन्दिरहरुमा नृत्य गरिदा धारण गर्ने गर्दथ्यो । पछि गएर यो परम्परागत गहना जस्तै महिलाहरुले पहिरान रुची बढाउँदै गए र यसकाे प्रयाेग निकै बढ्याे । यो टेंम्पल गहना आभूषण अहिले पनि आफ्नो प्राचीन रूपमा नै चलन चल्तीमा रहेको छ ।

टेम्पल गहना आभूषणलाई दक्षि‍ण भारतमा नाक्सी ज्वेलरीको नामले परिचित रहेको पाइन्छ । यसमा देवी-देवताहरुको सुन्दर आकृतिहरु कुदिएको हुन्छ । टेम्पल गहना गलामा बाहेक अन्य अंगहरुमा जस्तै कम्मर, सिउदो लगायत पनि धारण गर्नका लागि बनाइएको हुन्छ । त्यस मध्यमा कर्णफूल सबैभन्दा लोकप्रिय रहेको पाइन्छ ।

Loading...