नेपालमा इन्टरनेट: शुल्क महङ्गिदै प्रयोगकर्ता थपिदै

काठमाडाै, ३१ असार । अरु देशका तुलनामा नेपालमा इन्टरनेटकाे शुल्क निकै महङ्गाे भए पनि प्रयाेगकर्ता भने बढ्दै गएकाे छ । पछिल्लाे समय इन्टरनेटकाे पहुँच र प्रयाेग नेपाली समाजमा व्यापक रुपमा बढ्दै गएकाे छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा इन्टरनेटका ग्राहक डेढ करोड पुगेका छन् । दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकले टेलिफोन र इन्टरनेटसेवा प्रदायकका ग्राहक १ करोड ५४ लाख ४९ हजार पुगेको देखएको छ ।

प्राधिकरणकाअनुसार मुलुकका ५८ दशमलव ३९ प्रतिशत जनतामा इन्टरनेटको पहुँच पुगेको उल्लेख छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ७ दशमलव ३ प्रतिशत बढी हो । इन्टरनेटको नेटवर्क विस्तार र जनताको पहुँच बढेसँगै ग्राहक संख्या थपिँदै गएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउँछन् ।

‘इन्टरनेटको पूर्वाधार विकास र सेवा विस्तारसँगै कम्पनीबीच प्रतिस्पर्धासमेत उच्चदरमा बढिरहेको छ,’ उनले भने, ‘यसले इन्टरनेटको प्रयोगकर्ताको संख्या उच्चदरमा बढाइरहेको छ ।’ अहिले मोबाइल फोनमार्फत इन्टरनेट चलाउनेको संख्या उच्च रहेको उनले जानकारी दिए।

नेपालमा सबैभन्दा बढी जिपिआरएस चलाउनेको संख्या छ । हाल १ करोड ४८ लाखले जिपिआरएस तथा डब्ल्युसिडिएमए चलाउँछन्।

त्यस्तै, केबल माडियमबाट इन्टरनेट चलाउने १ लाख ६१ हजार, एडिएसल चलाउने १ लाख ९९ हजार र वाइम्याक्स प्रयोगकर्ता १६ हजार ४ सय पुगेका छन् ।

जनसंख्याभन्दा बढी टेलिफोनका ग्राहक
नेपालको टेलिफोनका ग्राहक कुल जनसंख्याभन्दा बढी पुगेका छन् । प्राधिकरणको तथ्यांकअनुसार टेलिफोन नेपालका ग्राहक ३ करोड ४९ लाख १३ हजार पुगेका छन् ।

यो नेपालको कुल जनसंख्याको १ सय ३१ दशमलव ८७ प्रतिशत हो । खासगरी सेवा प्रदायकबीच सेवा विस्तार र बिक्रीमा हुने गरेको तीव्र प्रतिस्पर्धाले मोबाइलको ग्राहक उच्चदरमा बढेका हुन् ।

प्राधिकरणका अनुसार समीक्षा अवधिसम्ममा फिक्स्ड टेलिफोनमा ३ दशमलव २४, मोबाइलमा १ सय २५ दशमलव ३४ र अन्यमा ३ दशमलव २० प्रतिशत ग्राहक पुगेका छन् ।

Loading...