नेकपाका नेता पदम राई भोजपुरबाट रिहा

भोजपुर , १५ फागुन । नेपाल कम्युनिस्ट पार्टीका पाेलिटब्यूराे सदस्य तथा पूर्वमन्त्री पदम राई अाज भाेजपुरबाट रिहा भएका छन् ।

नेता राईलाई भाेजपुर जिल्ला अदालतबाट ६० हजार धराैटीमा रिहा गरिएकाे हाे । उनकाे रिहाईकाे माग गर्दै नेपाल कम्युनिस्ट पार्टीले कडा अान्दाेलन गर्ने चेतावनी दिएकाे थियाे । 

माेरङकाे विराटनगरमा अायाेजना गरिएकाे युवाहरुकाे राष्ट्रिय सम्मेलनमा भाग लिन गएका बेला राईलाई साे पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश अाेली सुदर्शनसहित फागुन ६ गते गिरफ्तार गरिएकाे थियाे । उक्त दिन शान्तिपूर्ण रुपमा कार्यक्रमका लागि जुटिरहेका नेकपाकाे युवा संगठनमा अावद्ध २९७ जनालार्इ पक्राउ गरिएकाे थियाे । त्यसमध्ये अरु सबैलार्इ साेही दिन रिहा गरेर नेताहरु अाेली र रार्इलार्इ लामाे समय हिरासतमा राखिएकाे थियाे ।

दुई दिन अघि नेता सुदर्शनलाई रिहा गरिए पनि राईलाई विराटनगरबाट भाेजपुर लगिएकाे थियाे । तर, भाेजपुरबाट उनलाई अाज धराैटीमा रिहा गरिएकाे हाे । नेताहरु अाेली र राईलाई शान्तपूर्ण कार्यक्रमबाट गिरफ्तार गरिए पनि उनीहरुमाथि हात हतियार तथा बिस्फोटक पदार्थ सम्बन्धी झुट्टा मुद्दा लगाइएकाे थियाे । 

साे मुद्दामा माेरङ जिल्ला अदालतले रिहा गर्न अादेश दिए पनि रिहा गरिए लगत्तै अदालतकाे गेटबाटै पक्राउ गरिएकाे थियाे । 

त्यसैगरी केही दिन अघि राजधानीबाट नेकपाकाे विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महसचिव दिपेन्द्र चलाउनेलाई पनि फागुन ११ गते दिउसै गिरफ्तार गरिएकाे थियाे । कमलपाेखरीबाट दिउसै गिरफ्तार गरिएकाे भए पनि उनलार्इ केही दिन प्रहरीले जानकारी नै नदिएर लुकाएर राखेकाे थयाे । उनलार्इ अहिले पनि सार्वजनिक अपराधकाे मुद्दा लगाएर प्रहरी हिरासतमै राखिएकाे छ । 

उता नेता पदम राईलाई अदालतकाे अादेशमा रिहा गरिएकै दिन नेेकपाका महासचिव विप्लवका विरुद्ध सरकारले भने पक्राउ पुर्जी जारी गरेकाे छ । महासचिव विप्लवका दार्इ चन्द्रबहादुर चन्दकाे कपिलवस्तुमा रहेकाे घरमा विप्लवका नाममा पक्राउ पुर्जी पुर्याइएकाे छ । 

केपी अाेली प्रधानमन्त्री भएकै तेस्राे दिन नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश अाेली र पाेलिटब्यूराे सदस्य पदम रार्इ पक्राउ परेका थिए । त्यस्तै अहिले गृहमन्त्री भएकाे केही दिनमै अाेली र थापाकाे निर्देशनमा नेकपाका महासचिव विप्लवका विरुद्ध पक्राउ पुर्जी जारी गरिएकाे नेकपाले दावी गरेकाे छ । साे पार्टीले यस्ता खालका कुनै पनि धम्कीले अाफूहरु विचलित नहुने बरु त्यसका विरुद्ध सशक्त संघर्ष गर्ने बताएका छन् ।

नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले राज्यमा रहनेहरुले गरेका मनपरीतन्त्रका विरुद्ध जनताका तर्फबाट हुने अान्दाेलनलार्इ दबाउने सपना देख्नेहरु अाफै सकिने टिप्पणी गरेका छन् । उनले यस्ता पुर्जीकाे कुनै तुक नभएकाे पनि बताएका छन् । यसखालकाे दमनका विरुद्ध जनताले कडा प्रतिराेध गर्ने पनि उनले दावी गरे । 

एक महिनाभन्दा अघि नै काटिएकाे उक्त पत्र अाज मात्र बाहिर प्रहरीले ल्याएकाे छ । त्यसैले यसमा गृहमन्त्री रामबहादुर थापा बादलकाे प्रत्यक्ष हात रहेकाे नेकपाले दावी गरेकाे छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले माघ ५ गते वडा प्रहरी कार्यालय चन्द्रौटालाई पत्र काटेर विप्लवलाई पक्राउ गर्न भनिएको छ । महासचिव विप्लवलाई ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ मुद्दाको कसूरमा गिरफ्तार गर्न भनिएको छ ।

पत्रमा विप्लवलाई सात दिनभित्र पक्राउ गर्न नसकिए वारेण्ट बदर नभएसम्म खोजतलास गरी पक्राउ गर्न भनिएको छ । पत्रमा भोजपुर जिल्ला अदालतको पुस ९ गते चलानी नम्बर ६४३ पत्रअनुसार विप्लवलाई सात दिनभित्र पक्राउ गर्ने भनिएको छ ।

भोजपुर जिल्ला अदालतले ७० दिने म्याद दिएर पक्राउ गरेर बुझाउन प्रहरीलाई अादेश दिएको थियो । उक्त म्याद सकिएको छ । प्रहरी निरीक्षक केशवराज ज्ञवालीले हस्ताक्षर गरेको पत्रमा विप्लवलाई पक्राउ गरेर भोजपुर जिल्ला अदालत पठाउन भनिएको छ ।

दाइको घरमा टाँसियो पक्राउ पूर्जी

नेकपा महासचिव विप्लवका दाइ चन्द्रबहादुर चन्दको कपिलबस्तु शिवराज नगरपालिका वडा नम्बर ९ स्थित घरमा वारेन्ट जारी गरेको पुर्जी टाँस गरिएपछि अहिले देशमा सरकारले जबर्जस्त युद्ध थोपर्न खोजेको चर्चा हुन् थालेको छ ।

पत्र पुरानै मितिमा काटिएको भएपनि माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल) गृहमन्त्री भएपछि पक्राउ पुर्जी घरमा टाँसिएको हो । पत्रमा २ वर्षसम्म गिरफ्तारी नदिए विप्लवको अंशमा कुनै हक नलाग्ने कुरा उल्लेख छ ।

केपी ओली सरकार र बादलको गृहमन्त्रालयले यसरी पुर्जी टाँस्नु र अंशमा रोक लगाउनुले जनयुद्धकालमा तत्कालीन सत्ताले प्रचण्ड, बादलहरुमाथि लगाइएको मुद्दाको झल्को दिएको नेकपाले बताएको छ ।

Loading...