ला लिगामा स्पानियोलसँग रियल म्याड्रिड पराजित

काठमाडाैं । रियल मड्रिडले स्पेनिस ला लिग लिग फुटबलमा हार बेहोरेको छ । रियल स्पानियोलसँग १–० गोलअन्तरले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा स्पानियोलले अन्तिम समयमा आएर गोल गर्दै रियल मड्रिडमाथि जित हात पारेको हो ।

स्पानियोललाई जित दिलाउनका लागि जेरार्ड मोरेनोले गोल गरे । उनकै एक मात्र निर्णायक गोलमा स्पानियोलले रियललाई स्तब्ध बनाएको हो ।अधिकांश समय रियलले बललाई आफ्नो पकडमा पारेपनि अन्तिम समयमा चुक्दा नमिठो हार ब्यहोरेको हो । पहिलो हाफमा दुबै टिमले गोल गर्ने अवसर पाएपनि गोल गर्न भने सकेनन् । दोस्रो हाफमा पनि रियलले एकपछि अर्को गोल गर्ने अवसर खेर फालेको थियो ।

खेलको अतिरिक्त समयमा मोरेनोले गोल गर्दै स्पानियोललाई जित दिलाएका हुन् । त्यस्तै, गएराति नै भएको अर्को खेलमा जिरोनाले सेल्टा डे भिगोलाई १–० गोलअन्तरले पराजित गरेको छ । पराजित भएको रियल मड्रिड लिगको तेस्रो स्थानमा छ । २६ खेल खेलेको रियललको ५१ अंक भएको छ । त्यस्तै, पराजित स्पानियोल भने १३ औं स्थानमा उक्लिएको छ ।

स्पानियोलको ३१ अंक रहेको छ । लिगको शीर्ष स्थानमा भने बार्सिलोना रहेको छ । बार्सिलोनाको २५ खेलबाट ६५ अंक रहदा दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ५८ अंक रहेको छ ।

Loading...