विप्लवको नाममा पक्राउ पुर्जी जारी गर्दै सम्पूर्ण सम्पती जफत गर्ने आदेश

काठमाडाैं, १६ फागुन । रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भए लगतै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’लाई ज्यान मार्ने तथा बिष्फोटक पदार्थको मुद्दा लगाएर गिरफ्तार गर्न सरकारले पुर्जी जारि गरेको छ ।

महासचिव विप्लवको दाजु चन्द्रबहादुर चन्दको कपिलबस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ स्थित घरमा वारेन्ट जारी गरेको पुर्जी टाँस गरेको छ । महासचिव विप्लवलाई ज्यान मार्ने तथा विष्फोटक पदार्थको मुद्दा लगाएर गिरफ्तार गर्न उक्त पुर्जी टाँस गरेको हो ।

पुर्जीसँगै टाँसिएको अर्को पत्रमा नेकपाका महासचिव विप्लवको अंश रोक्का गरिने उल्लेख गरिएको छ । यदि २ वर्षसम्म गिरफ्तारी नदिएमा रोक्का सम्पूर्ण अंशमा कुनै हक नलाग्ने कुरा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले गत मंसीर १० गते दर्ता गरेको मुद्दालाई कार्यान्वयन गराउन कपिलबस्तु जिल्लाको वडा प्रहरी कार्यालयलाई पत्र लेखेको थियो । तर, रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भएको पर्सीपल्ट पुर्जी टाँस गरिएकाले उक्त कार्यलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ ।

केपी ओली सरकार र बादलको गृहमन्त्रालयले यसरी पुर्जी टाँस्नु र अंशमा रोक लगाउनुले जनयुद्धकालमा तत्कालीन सत्ताले प्रचण्ड, बादलहरुमाथि लगाइएको मुद्दाको झल्को दिएको छ । राज्यको यस्तो कदमले फेरी युद्द निम्तिन सक्ने विश्लेषकहरुको टिप्पणी छ । विप्लव नेतृत्वको नेकपाले राज्यको उक्त कदमलाई गम्भीरता पुर्वक लिएको पनि बताइएको छ ।

पछिल्लो पटक राज्य प्रति आक्रामक बनेको नेकपाका कार्यकर्ताहरु राज्यको उक्त कदम प्रति थप रुष्ट देखिएका छन । यस अर्थमा पनि देश युद्दतिर धकेलिदै गरेको धेरैले अनुमान गर्न थालेका छन् ।

यस्ताे छ पक्राउ पुर्जी

Loading...