पोस्टमार्टम् रिपोर्टपछि श्रीदेवीको हत्या आशंका

काठमाडौं, १६ फागुन । भारतीय चर्चित अभिनेत्री श्रीदेवीको मृत्यु रहस्य बन्दै गएको छ । सुरुमा हृदयघातका कार‌ण मृत्यु भएको भनिएपनि पोस्टमार्टम रिपोर्टले थप कारण हुन सक्ने देखाएको छ । मृत्यु सामान्य नभएको रिपोर्टमा उल्लेख उल्लेख भएसँगै उनको मृत्यु विवादमा परेको हो ।

भारतीय संचारमाध्यमहरुले दुबईको अस्पतालले पोस्टमार्टम् रिपोर्टमा ‘मृत्यु स्वाभाविकरुपमा भएको होइन’ भनेर दिएको भन्दै श्रीदेवीको हत्या भएको हुनसक्ने बताएका छन् । पोष्टमार्टम् रिपोर्टमा श्रीदेवीको मृत्युको कारण हृदयाघात, बाथटबमा डुबेर, रक्सी पिएर र कुनै षडयन्त्रका कारणले भएको हुन सक्ने उल्लेख भएको भारतीय संचारमाध्यमहरुले समाचार बाहिर ल्याएका छन् ।

समाचारमा जनाइएअनुसार श्रीदेवीले हल्का मात्रै मदिरा सेवन गर्ने गरेको र मुटु सम्बन्धी कुनै समस्या नभएको समाचारमा बताइएको छ । अत्याधिक रक्सीका कारण हृदयाघातको सम्भावना कम भएको बताइएको छ ।

रिपोर्टमा उल्लेख भएका कारणमध्ये षड्‍यन्त्रपूर्ण ढंगबाट हत्या नै हुन सक्ने भारतीय संचारमाध्यमहरुले बताएका छन् । श्रीदेवीको पार्थिक शरीरलाई बुधबार भारत ल्याउने तयारी भइरहेको छ । श्रीदेवीका श्रीमान् बोनी कपुरलाई दुबई प्रहरीले सोधपुछ गर्ने भारतीय सन्चारमाध्यमले जानकारी दिइरहेका छन् ।

श्रीदेवीको शनिबार राति मृत्यु भएको थियो । सुरुमा दुर्घटनाबस ‘बाथटब’मा डुबेर भएको दुवई सरकारले जानकारी दिएको थियो । सोमबार नै मुम्बईबाट दुबई ल्याइने भनिएको श्रीदेवीको शव यस्तै अन्योलको स्थितिका कारण मंगलबार पनि ल्याउन सकिएको छैन ।

श्रीदेवी संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन दुवई गएकी थिइन् ।

Loading...