काठमाडौँ महानगर प्रमुख शाक्यसँग नागरिक सुनुवाईमा जनताले राखे प्रश्न र गुनासो

 

 

काठमाडौँ । समुदाय संगै मिलेर शान्ति सुरक्षामा सहकार्य बढाउदै आएको जनसेवा सामुदायिक केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको  आयोजनामा मंगलवार काठमाडौँको बसन्तपुरमा ‘शान्ति सुरक्षा सम्बन्धी नागरिक सुनुवाई’ कार्येक्रम भएको छ ।

महानगरीय प्रहरी वृत्त, जनसेवाका निवर्तमान प्रमुख प्रहरी नायव उपरीक्षक मोहन कुमार थापालाई बिदाई र वर्तमान प्रमुख प्रहरी नायब उपरीक्षक टेकुनन्द ईवा लिम्बूलाई कार्यक्रममा स्वागत गरिएको थियो ।

कर्येक्रमका प्रमुख अतिथि जनसेवा सामुदायिक केन्द्रका निर्वतमान अध्यक्ष समेत रहेका काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई नागरिकले महानगर भित्रका समस्या सडक बत्ति देखि ,सम्पदा पुनर्निर्माण र हनुमानढोका भित्रका पर्येतक सम्बन्धि समस्या गुनासो राखेका थिए ।

यसैगरि नागरिक सुनुवाईको क्रममा  बिषेस अतिथि महानगरीय प्रहरी परिषद्का प्रमुख वरिष्ठ उपरीक्षक विश्वप्रकाश पोखरेलाई नागरिकले ट्राफिक व्येबस्थापन ,शान्तिसुरक्षा सम्बन्धि समस्या र गुनासो राखेका थिए ।

नागरिक संगको  जवाफको क्रममा प्रमुख अतिथि मेयर शाक्यले सम्पदा प्रेमीको नाममा अबरोध श्रृजना गर्ने र कुरामात्र गर्नु भन्दा महानगरको बिकाश निर्माणमा साथ् र काम गरेर देखाउनू पर्ने बताउनुभयो । जनसेवा सामुदायिक केन्द्रया कार्यवाहक अध्यक्ष समाजसेवी विकासभक्त श्रेष्ठको सभापतित्वोमा भएको कार्येक्रममा विभिन्न समाज सेवी ,विभिन्न वडाका जनप्रतिनिधि ,व्येबसायी,सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । 

कार्यक्रममा संस्थाका कोषाध्यक्ष पवित्र बज्र्राचार्यले स्वागत मन्त्व्य राखेका थिए । उनले कार्यक्रमा बोल्दै सामुदायिक सेवा केन्द्रले प्रहरीसँगको समन्वयमा विभिन्न सामाजिक कार्य गर्दै आएको बताएका थिए ।

२०५६ सालमा स्थापना भएको जनसेवा सामुदायिक केन्द्रले ९ वटा वडामा शान्ति सुरक्षा र अपराधका घटनामा समुदाय संग सहकार्य गर्दै समुदाय भित्रैबाट समाधान समाधान गर्ने उदेस्यले मेयर शाक्यको अध्यक्षतामा स्थापना भएको हो ।

Loading...