बाध्य भएर आत्मसमर्पण गरेका टिकापुर घटनाका अभियुक्त रेशम चौधरीको बयान सकियो

कैलाली, १४ फागुन । लामाे समयदेखि फरार अवस्थामा बसेका टिकापुर घटनाका अभियुक्त रेशम चाैधरीकाे बयान सकिएकाे छ । चाैधरीले जिल्ला अदालत सामु अात्मसमर्पण गरेपछि अाज उनकाे जिल्ला अदालतमै बयान लिइएकाे हाे ।

चाैधरीकाे बयान सकिएपछि अब उनकाे मुद्दामाथिकाे बहस सुरु भएकाे कैलाली जिल्ला अदालतस्राेेतले जानकारी दिएकाे छ । अाफूले गल्ती नगरेकाे दावी गर्दै कुनै हालतमा पनि अात्मसमर्पण नगर्ने अडानमा रहेका चाैधरी उनका कानुनी सल्लाहकारहरुकाे सल्लाहका अाधारमा अन्तत: अात्मसमर्पण गरेकाे बताइएकाे छ । अदालतबाटै सफाइ पाउने पक्कापक्की भएपछि चाैधरीले अात्मसमर्पण गरेकाे केहीले अनुमान पनि गरेका छन् ।

चाैधरीले अाज साेमवार जिल्ला अदालत कैलालीका न्यायाधीश परशुराम भट्टराईको इजलासमा बयान दिएका छन् । उनकाे बयान सकिएपछि बादी-प्रतिवादीका वकिलको बहस सुरु भएको छ । चौधरीको तर्फबाट मिलनकुमार राई, गंगा उपाध्यायसहित तीन वकिलले बहस गर्ने बताइएकाे छ ।

चाैधरीले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाकाे उम्मेदवारी दिएर ठूलाे मत अन्तरले विजयी पनि भएका थिए । फरार अवस्थामै वारेसमार्फत उम्मेदवारी दर्ता गराएका उनी निर्वाचन अायाेगकाे प्रमाणपत्र भने लिन सकेका थिएनन । उनले उक्त प्रमाणपत्र वारेसमार्फत नै लिन खाेजेका थिए । त्यसका लागि उनले अदालतमा निवेदन पनि दर्ता गराउन खाेजेका थिए । तर, अदालतले अदालतमै मुद्दा परेका फरार अभियुक्तले त्यस्ताे सुविधा नपाउने भन्दै मुद्दा दर्ता नै गरिएकाे थिएन । त्यसपछि पनि उनले विभिन्न शक्तिकेन्द्रमार्फत त्याे प्रमाणपत्र लिन खाेजेका थिए । सबै प्रयासहरु असफल भएपछि उनी अन्तत: अात्मसमर्पण गर्न बाध्य भएका हुन् ।

उनीमाथि कैलाली जिल्ला अदालतमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका-चोरी मुद्दा लगाइएको छ । २०७२ भदाै ७ गते कैलालीकाे टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाकाे ज्यान जानेगरी भएकाे हिंसात्मक घटनामा उनकाे प्रमुख भूमिका भएकाे भन्दै उनी विरुद्ध मुद्दा हालिएकाे थियाे । उक्त घटनामा एक बालककाे पनि ज्यान गएकाे थियाे ।

Loading...