कांग्रेसले समानान्तर सरकार चलाउने, ओलीले बनाउने सबै मन्त्रीविरुद्ध कांग्रेसले पनि अाफ्ना मन्त्रीहरु तोक्ने

काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसले केपी अाेली सरकारका विरुद्ध समानान्तर सरकार गठन गर्ने भएकाे छ । समानान्तर सरकार गठन गरी केपी अाेली नेतृत्वकाे सरकारलार्इ कडा टक्कर दिने निर्णय कांग्रेसले गरेकाे हाे । यस्ताे समानान्तर सरकार संघीय र प्रदेश दुबै तहमा हुने कांग्रेसले जनाएकाे छ ।

कांग्रेसले यसलार्इ छाया सरकार भनेकाे छ । अाेलीले जुन मन्त्रालय बनाउँछन ती सबै मन्त्रालय अाेलीले बनाउने मन्त्रीमाथि निगरानी राख्न र बाहिरबाट ती मन्त्रालय चलाउने गरी कांग्रेसले अाफ्ना मन्त्री नै ताेक्ने तयारी गरेकाे छ । तर, अरु दलहरुले भने कांग्रेस निर्वाचनबाट पराजित भएपछि नराम्राेसँग छटपटाइरहेकाे भन्दै यस्ताे कार्य अप्रजातान्त्रिक भएकाे बताएका छन् । कांग्रेसले समानान्तर सरकार गठन गर्नु नेपालकाे कानुन विपरित भएकाे भन्दै याे कार्य विद्राेही शक्तिकै जस्ताे भएकाे अाराेप पनि लगाएका छन् ।

तर, नेपाली कांग्रेसले भने यस्ताे अभ्यास अन्य ठाउँमा पनि भएकाे दावी गरेकाे छ । साेही वमाेजिम अहिले कांग्रेसले अाफ्नाे विधानमै याे संरचना प्रस्ताव गरिसकेकाे छ । वाम गठबन्धनको सरकारलाई निगरानी गर्न छाया सरकार बनाउने र जनताका पक्षमा काम गर्ने कांग्रेसले जनाएकाे छ ।

निर्वाचनपछि बसेको कांग्रेस संसदीय दलको पहिलो बैठकले यस्ताे प्रस्ताव ल्याएकाे हाे । केन्द्रीय स्तरमा सरकारले जे-जति मन्त्रालय गठन गर्छ, त्यसैअनुसार छाया मन्त्रीसमेत चयन गर्ने तयारी कांग्रेसले गरेको नेपाली कांग्रेसका नेता गगन थापाले बताए । छाया मन्त्रीले सम्बन्धित मन्त्रालयको हरेक गतिविधिलाई निगरानी गर्ने उनले जानकारी दिए ।

नेपाली कांग्रेसले संघीय सरकारमा मात्र नभर्इ प्रदेश तहमा पनि समानान्तर सरकार गठन गर्ने तयारी गरेकाे छ । नेता गगन थापाले सं‌घीय संसद्सँगै प्रदेशसभामा पनि छाया सरकार गठन गरिने जानकारी दिए। प्रदेशसभाको विधानमा त्यसखालकाे व्यवस्था नभए पनि प्रदेशमा छाया सरकार बनाउनेबारे शनिबारको बैठकमा एकमत देखिएको उनले बताए ।

यसैबीच कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा तत्कालीन मन्त्रिपरिषद्ले गरेको तीन जनाको मनोनयनको सिफारिसविरुद्ध वर्तमान सरकारले गरेको सिफारिसलाई अनुमोदन गरेकोमा दुःख जनाएको छ। सिफारिसमा परेका तीनै जनाले आफूहरूको मनोनयनका लागि सर्वोच्च अदालतमा शुक्रबार मुद्दा दायर गरेका छन्। बैठकले स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन सफलतासाथ सम्पन्न गरेकोमा सभापति देउवासहित नेतालाई धन्यवाद दिएको थियो ।

बैठकमा दलको नेता चयनको विषयमा पनि अनौपचारिक कुराकानी भएको बताइएको छ। बैठकमा बोल्ने अधिकांश सांसदले पार्टी निर्वाचनमा पराजय व्यहोरेका कारण सर्वसम्मत रूपमा दलको नेता छान्न आग्रह गरेका थिए। खासगरी पछिल्लो समय सभापति देउवालाई चुनौती दिने गरी दलको नेतामा प्रकाशमान सिंहले सार्वजनिक रूपमै दाबी गरिसकेका छन्।

नेता थापाका अनुसार आइतबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले दलको नयाँ विधान अनुमोदन गरेपछि नेता चयन प्रक्रिया अघि बढ्नेछ। दलको नेता सर्वसम्मत नभए निर्वाचनमार्फत छानिनेछ। कांग्रेसको प्रतिनिधिसभामा ६३ र राष्ट्रियसभामा १३ गरी ७६ सांसद छन्। सभापति देउवाको पक्षमा ४० जनाजति सांसद रहेकाले निर्वाचनमा गए उनी नै नेता चयन हुने कांग्रेसीहरू बताउँछन्।

महामन्त्री शशांक कोइरालाले सभापतिले समर्थन गरे आफू दलको नेता बन्ने तर प्रतिस्पर्धामा नउत्रने बताएका छन्। देउवाले महामन्त्री कोइरालालाई समर्थन नगरेको खण्डमा पौडेल समूहको तर्फबाट सिंहले उम्मेदवारी दिने भएका छन्।

Loading...