हृदयघातबाट वलिउड अभिनेत्री श्रीदेवीकाे दुबर्इमा निधन

काठमाडौं, १३ फागुन । चर्चित भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ । अाफन्तकाे विवाहमा सहभागी हुन पति बोनी कपुर र छोरी खुशीको साथमा उनी दुबई पुगेकी थिईन् । दुबर्इमा नै उनकाे हृदयाघातका कारण निधन भएको हो । 

युनाइटेड अरव इमीरेटसको दुबईमा शनिवार राती ५४ वर्षको उमेरमा उनको निधन भएपछि संसारभरका उनका शुभचिन्तकहरुले सामाजिक सञ्जालमा दु:ख ब्यक्त गरिरहेका छन् ।

श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो । उनले आफ्नो पहिलो करियरको शुरुआत केबल चार वर्षको उमेरदेखि नै गरेकी थिइन् । उनी चार वर्षको छँदै तमिल फिल्म ‘कन्धन करुणई’मा अभिनय गरेकी थिइन् । उनले बाल कलाकारको रुपमा तेलुगु र मलयालम फिल्ममा पनि अभिनय गरिन् ।

दक्षिण भारतीय फिल्ममा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारको रुपमा ‘सोलहवा साल’बाट हिन्दी फिल्ममा अभिनय शुरु गरेकी थिइन् । ८० को दशक हिन्दी फिल्ममा हिरोइनको हिसाबमा श्रीदेवीको दशक नै बन्यो । उनले हिम्मतवाला, तोहफा, मिस्टर इन्डिया, नगीना जस्ता सुपरहिट फिल्ममा अभिनय गरिन् । उनलाई ‘लेडी अमिताभ बच्चन’ भन्न थालियो ।

जितेन्द्र र श्रीदेवी मिलेर हिम्मतवाला, तोहफा, जस्टिस चौधरी र मवाली जस्ता सुपरहिट फिल्म दर्शकमाझ ल्याएका थिए । सन् १९९७ मा फिल्म ‘जुदाई’ पछि श्रीदेवी १५ वर्षका लागि फिल्मबाट बाहिर रहिन् । तर, सन् २०१२ मा इङ्लिस-भिङ्लिस फिल्ममा अभिनय गरिन् । यो फिल्म पनि सुपरहिट भयो ।

सन् २०१७ माा श्रीदवेको फिल्म ‘मम’ रिलिज भएको थियो । श्रीदेवीले फिल्ममा लामो समय काम गरिन् र ‘मम’ उनको ३ सय औं फिल्म थियो ।

Loading...