६ नम्बर भयो अब कर्णाली प्रदेश, सर्वसम्मतले नाम र राजधानी पारित

सुर्खेत, १२ फागुन । ६ नम्बर प्रदेशले अाफ्नाे प्रदेेशकाे नाम तय गरेकाे छ । अाज शनिवार बसेकाे प्रदेश सभाकाे बैठकले ६ नम्बर प्रदेशकाे नाम कर्णाली राख्ने प्रस्तावलार्इ एकमतले पारित गरेकाे हाे । 

अाज बसेकाे प्रदेश सभाकाे बैठकमा प्रदेेशकाे नाम र राजधानीका बारेेमा दुर्इ दुर्इ वटा प्रस्ताव गरिएका थिए । प्रदेशकाे नाम भेरी कर्णाली वा कर्णाली दुर्इ मध्ये एक राख्ने गरी याे प्रस्ताव गरिएकाे थियाे । बैठकले प्रदेशकाे नाम कर्णाली राख्ने पारित गरेसँगै याे प्रदेश अाफ्नाे नाम अाफै राख्नेमा पहिलाे बनेकाे छ । 

त्यसैगरी बैठकले अाज प्रदेशकाे स्थायी राजधानी पनि टुङ्गाे लगाएकाे छ । बैठकमा स्थायी राजधानीका लागि जुम्ला वा सुर्खेत गरी दुर्इ ठाउँ प्रस्ताव गरिएकाेमा सुर्खेत नै स्थायी राजधानी राख्ने प्रस्ताव पारित गरिएकाे छ । यसअघि पनि सरकारले सुर्खेतलार्इ अस्थायी केन्द्र ताेकेकाे थियाे । संविधानमा प्रदेेशकाे नाम प्रदेश सभाले नै राख्ने व्यवस्था गरिए अनुसार प्रदेश सभाकाे बैठकले याे निर्णय गरेकाे हाे । 

बैठक अघि कर्णाली क्षेत्रका सभासदहरुले जुम्लालार्इ प्रदेशकाे स्थायी राजधानी बनाउन निकै धेरै लविङ गरेका थिए । उनीहरुलेे कर्णाली पिछडिएकाे क्षेत्रकाे एक विम्व भएकाेले यही अाधारबाट याे क्षेत्रलार्इ माथि उठाउनु पर्ने उनीहरुकाे माग राख्दै अाएका थिए । त्यसैगरी याे प्रदेशकाे नाम कर्णाली राखिएमा र राजधानी जुम्ला लगिएमा साँच्चिकै संघीयताकाे अर्थ झल्किने र अधिकार पिछडिएकाे क्षेत्रलार्इ दिएकाे ठहर्ने उनीहरुले दावी थियाे । साे अनुसार प्रदेशकाे नाम कर्णाली रहे पनि राजधानी भनेे सबै हिसाबले पायक पर्ने भन्दै सुर्खेतमै राख्ने निर्णय बैठकले गरेकाे छ । 

गत बुधबार प्रदेेशकाे बैठक निर्धारण गरिएको भए पनि धेरै संसदहरु बैठकमा उपस्थित नै नभएपछि बैठक स्थगित गरिएकाे थियाे ।महत्वपूर्ण एजेण्डामा बस्न लागेको बैठकमा पनि सांसदहरु उपस्थित नभएपछि आलोचना भएको थियो । शनिबारको बैठकमा अनिवार्य उपस्थित हुन सबै राजनीतिक दलहरुले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेका थिए । साेही अनुसार सबै सांसदहरु बैठकमा उपस्थित रहेका थिए । अाजकाे निर्णयमा शतप्रतिशत समर्थन रहेकाे बताइएकाे छ । 

Loading...