प्रहरीले ३० घन्टादेखि दुर्इ विद्यार्थीलार्इ क्याम्पसभित्रै थुनेर राख्यो

पाेखरा, १२ फागुन । नेपाल कम्युनिस्ट बिरुद्ध दमन नीति लिएको सरकारले मानिसको स्वतन्त्र रुपमा हिंडडुल र लेखपढ गर्न पाउने अधिकारमाथि पनि धावा बोल्न थालेको छ l यसै क्रममा कास्की प्रहरीले नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका दुई नेतालाई ३० घण्टादेखि पोखराको पृथ्वीनारायण क्याम्पसमा थुनेर राखेको छ l

शुक्रबार बिहान करीब ७ बजे क्याम्पस पढ्न गएका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मिलन राई र कास्की जिल्ला अध्यक्ष काजी गुरुंगलाई कास्की प्रहरीले ३० घण्टादेखि पोखराको पृथ्वीनारायण क्याम्पसमा थुनेर राखेको हो l

आफु हरु कक्षा कोठामा पढिरहेका बेला सादा पोशाकका प्रहरीहरु ‘बिप्लाबका कार्यकर्ताहरू क्याम्पसभित्र छन् रे l कता छन् l पक्राउ गर्न पर्यो ‘ भन्दै आएको थाहा पाएर क्याम्पसबाट निस्कन खोज्दा सबै गेटमा प्रहरीहरु तैनाथ रहेको पाइएको केन्द्रीय सदस्य मिलन राईले जानकारी दिए l त्यसपछि पनि बैकल्पिक बाटोहरु प्रयोग गर्न खोज्दा कयाम्पस हाताभित्र सादा पोशाकका प्रहरीहरु ब्यापक परिचालित भएको र क्याम्पसबाट निसकने नाकारहरुमा ब्यापक मात्रामा प्रहरीहरु परिचालित भएको उनले जानकारी दिएका छन l

क्याम्पस हाताभित्रबाट आफुहरु निस्कन नपाएपछी शुक्रबार राती नौ बजे बिद्यार्थी नेता मिलन राईले एक फेसबुक स्टाटस हाल्दै आफुहरु १४ घण्टादेखि क्याम्पस हाताभित्र थुनिएर बसेको जानकारी दिएका छन् l 

Loading...