पाठकलाई अध्यक्ष चयन गर्दै क्रान्तिकारी शिक्षकहरुको सम्मेलन सम्पन्न

कैलाली, १२ फागुन । अखिल नेपाल शिक्षक संगठनको राष्टिय सम्मेलन सम्पन्न भएको छ । कैलालीको धनगढीमा सम्पन्न सम्मेलनले घनश्याम पाठकको अध्यक्षतामा ७५ सदस्यीय केन्द्रीय समिति चयन भएको छ ।

शुक्रबारदेखि सुरु भएको सम्मेलन नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले उद्घाटन गरेका थिए । सम्मेलनबाट उपाध्यक्ष टिकादेवी राई र लक्षिराम ढकाल, गुणाखर भट्टराई, धनबहादुर वम, रुद्र केसी, महासचिव रमेश रुपाखेती, सचिव विकास न्यौपाने, कोषाध्यक्ष शंकर ढकाल चयन भएका छन् ।

शिक्षण पेशाको ग्यारेन्टी र शिक्षा परिवर्तन गर्न आन्दोलन गरौ भन्ने मूल नारा तय गरेको संगठनले आगामी दिनमा शिक्षामा रहेको भ्रष्टाचारका विरुद्ध कडा अभियान सञ्चालन गर्ने जनाएको छ । साथै शिक्षण पेशामा रहेका समस्याहरु र शैक्षिक परिवर्तनका लागि संघर्ष केन्द्रित गर्ने निर्णय सम्मेलनबाट पारित गरेको छ ।

Loading...