कान्तिपुर सिटी कलेजमा अखिल क्रान्तिकारीको नयाँ नेतृत्व

काठमाडौं, ११ फागुन । कान्तिपुर सिटि कलेजमा अनेरास्ववियु (क्रान्तिकारी) को नयाँ नेतृत्व चयन भएको छ । पुर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कलेज इकाइको सातौं सम्मेलनले पर्शुराम भट्टको अध्यक्षतामा २१ सदस्यीय नयाँ मुल इकाई समिति निर्वाचित भएको हो ।

काठमाडौंको पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजको नयाँ कार्यसमितिको उपाध्यक्षद्वय कविन गुरुङ्ग र भास्कर भण्डारी,सचिव तिर्थराज बुढा,सहसचिव चतुर्भुज उपाध्याय र शरधा खड्का र कोषाअध्यक्ष प्रेमप्रकास पोखरेल निर्वाचित भएका छन् । सम्मेलनले गौरब घिमिरेलाई ईन्चार्ज बनाउने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष भट्टले बताए ।

सम्मेलनको उद्घटना गर्दै अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य भिष्मकुमार शाहीले औपनिवेशिक शिक्षाको खारेजी गर्न सबै विद्यार्थीहरु एकतावद्ध हुनुपर्ने बताए । सम्मेलनका प्रमुख अतिथि समेत रहेका शाहीले वैज्ञानिक समाजवादी शिक्षाकोबारेमा वैचारिक प्रशिक्षण दिएका थिए ।

केन्द्रीय सचिवालय सदस्य सुनिता बम केन्द्रीय सदस्य लोकेन्द्र सार्कीले सम्मेलन सफलताको शुभकामना दिएका थिए । त्यसैगरी केन्द्रीय सदस्य पुष्प न्यौपाने, शैलेन्द्र घिमिरे, सिटिइभिटी जिल्ला संयोजक प्रज्ज्वल शाही लगायतका विद्यार्थी नेताहरुको उपस्थिति थियो ।

कार्यक्रममा खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

Loading...