प्रचण्डप्रति यस्तो आरोप लगाउँदै किरातीले गरे आफैलाई माकेको अध्यक्ष घोषणा

काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र)का नेता गोपाल किरातीले पार्टीले गरेको कारवाहीबारे विज्ञप्ति निकालेका छन् । नेता किरातीले माके अध्यक्ष पुष्पकमल दाहालले गरेको कारवाहीलाई ‘कथित कारवाही’भन्दै धन्यवाद दिएका छन् । दाहालको नेतृत्वमा पार्टी एमालेकरण भएपछि अाफूले त्यसको भण्डाफोर गर्दै माओवादी केन्द्र पुर्नगठन गरेको क्रान्तिकारी निर्णयलाई अभियोग बनाइएको बताएका छन‍् ।

विहीबार अबेर विज्ञप्ति निकालेर किरातीले माओवादी केन्द्रले गरेको कारवाही माओवाद र पहिचानको मुद्दामाथिको कारवाही भएको विज्ञप्तिमा उल्लेख छ । उनले माओवादी केन्द्रलाई दाहालको कम्पनीको भएको अारोप लगाउँदै कारवाही एकमनावादको पराकाष्ठा भएको बताएका छन् । उनले पार्टी पुर्नगठन गर्नुको कारणबारे एक पटक पनि सुनुवाईको मौका नदिइ गरिएको कारवाही दाहालकै विनाको बर्खिलाप भएको बता ।

पार्टी एमालेकरण भएको भन्दै नेकपा (माओवादी केन्द्र)को संयोजक भएर पार्टी पुर्नगठनमा लागेका किरातीले दाहालले नेतृत्व गरेको माकेमा नहरेको पनि विज्ञप्तिमार्फत जानकारी गराएका छन् । उनले प्रतिक्रान्तिका विरुद्ध क्रान्तिको झण्डा उठाउन पार्टी पंक्ति, वाइसीएल, जबस र मोर्चाहरुलाई अाह्वान गरेका छन् । किरातीले सहयोग गर्न सबैसँग अाग्रह गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले विहीबार विज्ञप्ति निकालेर किरातीसँगै नेता लोकेन्द्र विष्टमगर र अाहुतीलाई कारवाही गरेका थिए ।

यस्तो छ किरातीले निकालेको विज्ञप्ति

सञ्चारमाध्यम अनुसार ‘दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै नेकपा (माओवादी केन्द्र) पुनर्गगठनको आव्हान’ गरिएको क्रान्तिकारी निर्णयलाई अभियोग ठानेर पुष्पकमल दाहाल एण्ड कम्पनिले हामीलाई ‘कथित कार्वाही’ गरेकोमा त्यस कम्पनिलाई धन्यवाद नै दिनुपर्छ । किनकी उक्त कार्वाही माओवादको विज्ञान र पहिचान मुद्दामाथिको कार्वाही हो भन्ने तथ्य स्वतः प्रमाणित हुनुको साथसाथै दाहाल एण्ड कम्पनिमा निहित एकमनवादको पराकाष्ठा समेत हो । माओवादी केन्द्र पुनर्गगठन गर्नुपर्ने कारणबारे एक पटक पनि सुनुवाईको मौका नदिइकन कथित कार्वाही दाहाल कम्पनिकै विनाशको बर्खिलाप समेत हो ।

अतः ‘जो चोर, उसैको ठूलो स्वर’ भने झैं मार्क्सवाद–लेनिनवाद–माओवादको सिद्धान्त र पहिचानको मुद्दा बेचेर खानेहरुले नै त्यो सिद्धान्त र मुद्दामा दृढ हामीलाई कार्वाहीको दुस्प्रचार गर्नु कायरताको परिचायक मात्र हो । यसैसाथ एमालेकरण भइसकेको दाहाल एण्ड कम्पनि माओवादी केन्द्रमा नरहेको स्पष्ट गर्दै त्यस कम्पनिको प्रतिक्रान्तिकारी हर्कत विरुद्ध विरोधको झण्ड उठाउन पार्टी, वाईसीएल, जबस र मोर्चा संगठनका इमान्दार कमरेडहरुलाई जोडदार आव्हान गर्दछु । पार्टी पुनर्गठनमा सहयोग गर्न सबै देशवासीमा विशेष अपिल गर्दछु ।

गोपाल किराती
संयोजक, नेकपा (माओवादी केन्द्र)

Loading...