आयोगले केपी प्रचण्डलार्इ पार्टीको नाम नेकपा राख्न नदिने

काठमाडौँ, ८ फागुन । दुर्इ पार्टीकाे एकता भएपछि पार्टीकाे नामका पछाडि फुर्का हटाएर नेपाल कम्युनिस्ट पार्टी राख्छाै भन्दै नेत्रविक्रम चन्द विप्लवले यसरी नै गरेकाे निर्णयकाे सिकाे गर्न लागेका नेकपा एमाले र माअाेवादी केन्द्रलार्इ सुरुमै धक्का लाग्ने भएकाे छ । निर्वाचन अायाेगले उनीहरुलार्इ त्याे नाम राख्न नदिने भएकाे छ । अ

सोमबार दुर्इ पार्टीका बीचमा भएकाे सात बुँदे सहमतिमा एकीकृत पार्टीकाे नाम नेकपा राख्ने उल्लेख थियाे । याे नाम राख्नुभन्दा अगाडि नै यसबारेमा बाहिर छलफल भएकाे भए पनि नेताहरुमा भने कि त केही ज्ञान नभएकाे वा पेलेर लाने दम्भ भएकाे देखिन्छ । तर, त्याे दम्भलार्इ अायाेगले भने झार्ने देखिएकाे छ ।

निर्वाचन अायोगमा नेपाल कम्युनिस्ट पार्टी नामबाट एउटा दल पहिले नै दर्ता छ । ऋषिराम कट्टेल अध्यक्ष रहेकाे उक्त दल यसपटक दुबै निर्वाचनमा सहभागी पनि भएकाे थियाे । पछिल्लाे प्रतिनिधि सभा र प्रदेश सभाकाे चुनावमा सहभागी हुने भनेर दर्ता भइ अायाेगले दलहरुकाे अन्तिम सूची निकाल्दा पनि साे नाम कट्टेलकै नाममा रहेकाे थियाे । तर, साे कुराकाे ज्ञान नभएका दुर्इ दलका नेताहरुले पार्टीकाे नाम नै त्यही राख्ने निर्णय गरेपछि सञ्चारमाध्यममा ठूलै चर्चाका साथ समाचार बनेकाे थियाे ।

आयोगले प्रतिनिधिसभा निर्वाचनमा सहभागिता लागि दल दर्ता आह्वान गर्दा नेपाल कम्युनिष्ट पार्टी २०७४ साल भदौ १० गते दर्ता भएको थियो । स्थानीय तह निर्वाचनमा सहभागिताका लागि आयोगले दल दर्ता अाह्वान गर्दा नेकपा ३९ नम्बरमा थियो । अब कट्टेलले सहमति दिएपछि मात्रै एमाले र माकेले नयाँ पार्टीको नाम नेकपा राख्न पाउनेछन् । उनी वैद्य र विप्लवसँग संयुक्त मोर्चामा छन् ।

अायोगमा नेकपा दर्ता भएको दल र चुनाव चिन्हसँग मिल्ने दल र चुनाव चिन्ह दर्ता नहुने कानुनी व्यवस्था छ । याे कुरा थाहा पाएपछि दुर्इ दलका नेताहरु लज्जित भएकाे स्राेतले जनाएकाे छ । स्राेतका अनुसार एमाले-माकेका नेताहरुले साे निर्णय अघि साेही नामकाे पार्टी विप्लवकाे भएकाे चर्चा पनि गरेका थिए । तर, उनीहरुले विप्लवले उक्त नाम अायाेगमा दर्ता नगरेका कारण अाफूहरुले दर्ता गरेर चलाउने र विप्लवले बाध्य भएर अर्काे नाम राख्ने निष्कर्ष निकालेका थिए । साेही अनुसार सात बुँदे सहमतिमा साे नाम राखिएकाे थियाे । तर, उनीहरुलार्इ उक्त नाम अायाेगमा समेत दर्ता छ भन्ने थाहा रहेनछ ।

विप्लव नेतृत्वमा रहेकाे पार्टीकाे पनि पहिले नाम नेपाल कम्युनिस्ट पार्टी माअाेवादी रहेकाे थियाे । एक वर्षअघि गतसाल फागुन १ देखि ५ सम्म राेल्पाकाे थवाङमा सम्पन्न भएकाे महाधिवेशनबाट साे पार्टीले अाफ्नाे नाम बदलेर नेपाल कम्युनिस्ट पार्टी राखेकाे थियाे । कम्युनिस्ट पार्टीकाे मूल धार बनाउने उद्घाेष सहित कम्युनिस्ट पार्टीलार्इ चिनाउन नामका पछाडि कुनै फुर्का जाेडन नहुने निष्कर्ष साे पार्टीले निकालेर अाफ्नाे नाम बदलेकाे थियाे । त्यतिबेला पनि पार्टीभित्र ठूलाे बहस भएकाे थियाे ।

नामका सन्दर्भमा विप्लव नेतृत्वकाे पार्टीले एक वर्ष अगाडि निकालेकाे निष्कर्षमै अहिले एमाले र माके पुगेकाे देखिन्छ । तर, उनीहरु विप्लवले पहिले नै राखिसकेकाे नाममा जुध्ने गरी अाएपछि साे पार्टीकाे नेताहरुले कडा प्रतिक्रिया दिएका छन् । नेताहरुले याे एमाले माकेहरुकाे अराजनीतिक शैली, स्वाभव र साेचकाे उपज भएकाे बताएका थिए । सकभर केही दिनमा उनीहरुले बुझिहाल्ने र नबुझेर जवरजस्ता साे नाम राखेमा प्रतिकार गर्ने पनि साे पार्टीले जनाएकाे थियाे । तर, अायाेगले नै साे नाम राख्न नदिने सम्भावना बढेपछि विप्लवसहित अरु नेताहरु यसबारे बाहिर बाेलेका छैनन ।

Loading...