नेकपाद्वारा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा, ओलीको पुत्लादहनदेखि कडा प्रतिरोधसम्म

काठमाडौं, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टीले थप संघर्षका कार्यक्रम घाेषणा गरेकाे छ । अाज मंगलबार नेपाल बन्दकाे अायाेजना गरेकाे नेकपाले थप चरणबद्ध कार्यक्रम घाेषणा गरेकाे हाे । गिरफ्तार गरिएका नेता कार्यकर्तालार्इ रिहा नगरे कडा प्रतिराेधमा उत्रने चेतावनी दिँदै नेकपाले घाेषणा गरेकाे पहिलाे चरणका कार्यक्रममा प्रधानमन्त्री केपी अाेलीकाे पुत्ला जलाउनेदेखि देशव्यापी प्रदर्शन गर्ने भनिएकाे छ ।

बन्द सकिएपछि एक विज्ञप्ती जारी गर्दै नेकपाका महासचिव विप्लवले संघर्षका कार्यक्रम घाेषणा गरेका हुन् । विज्ञप्तीमा महासचिव विप्लवले पार्टीले घाेषणा गरेकाे नेपाल बन्दकाे कार्यक्रमलार्इ सहयाेग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ”राज्य आतंक र ओली सरकारको दमन विरुद्ध आयोजित आजको नेपाल बन्द आम जनता, मित्र राजनैतिक शक्तिहरु र नेता कार्यकर्ताको समर्थन र सक्रियतामा शानदार ढंगले सफल भएको छ । बन्दलाई सफल पार्न साथ सहयोग गर्ने राजनैतिक पार्टी र आम जनतालाई हार्दिक आभार सहित धन्यवाद दिन चाहान्छौं ।” उनले गिरफ्तार

नेकपाले दुर्इ दिन अघि विराटनगरमा पार्टीका दुर्इ नेताहरुसहित सयाै कार्यकर्तालार्इ गिरफ्तार गरेकाे थियाे । २९७ जनालार्इ गिरफ्तार गरिएकाेमा सबैलार्इ रिहा गरेर स्थायी समिति सदस्य हेमन्तप्रकाश अाेली सुदर्शन र पदम रार्इलार्इ अहिलेसम्म पनि छाडेकाे छैन । उनीहरुकाे रिहार्इकाे माग गर्दै नेकपाले अाजकाे बन्दकाे कार्यक्रम राखेकाे थियाे । महासचिव विप्लवले विज्ञप्ती मार्फतै सरकारमा गएकाे चार दिन नबित्दै अाेलीले यसखालकाे दमनपूर्ण रवैया अपनाएकाे भन्दै बन्दकाे कार्यक्रम घाेषणा गरेका थिए । साथै उनले तत्काल गिरफ्तार गरिएका नेताहरुलार्इ रिहार्इकाे माग गरेका थिए । तर, सरकारले बन्दकाे पूर्व सन्ध्यामा साेमवार साँझ नै धेरै कार्यकर्ताहरु गिरफ्तार गरेकाे थियाे । बन्दका दिन पनि सरकारले देशभरबाट सयाै नेता कार्यकर्ताहरुलार्इ गिरफ्तार गरेकाे छ । गिरफ्तार गरिएका नेताहरुलार्इ रिहाइ गर्नुभन्दा सरकार झन थप कार्यकर्ता गिरफ्तार गर्न लागेपछि मंगलबार नेकपाले थप संघर्षका कार्यक्रम घाेषणा गरेकाे हाे । यसलार्इ नेकपाले पहिलाे चरणका कार्यक्रम भनेकाे छ ।

यस्ता छन संघर्षका कार्यक्रम

२०७४ साल फागुन ९ गते कोणसभा

२०७४ साल फागुन १० अन्तरक्रिया

२०७४ साल फागुन ११ गते केपी ओलीको पुत्ला जलाउने

२०७४ साल फागुन १२ गते प्रदर्शन

२०७४ साल फागुन १३ गते देशव्यापी ठूलो प्रदर्शन

नेकपाका महासचिव विप्लवले जारी गरेकाे विज्ञीकाे पूर्ण पाठ:

राज्य आतङ्क र ओली सरकारको दमन विरुद्ध आयोजित आजको नेपाल बन्द आम जनता, मित्र राजनैतिक शक्तिहरु र नेता कार्यकर्ताको समर्थन र सक्रियतामा शानदार ढंगले सफल भएको छ । बन्दलाई सफल पार्न साथ सहयोग गर्ने राजनैतिक पार्टी र आम जनतालाई हार्दिक आभार सहित धन्यवाद दिन चाहन्छौं । बन्द संघर्षमा सहभागी सयौंको संख्यामा नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने कार्य गरिएको छ । हामी ओली सरकारलाई पुनः चेतावनी दिन चाहन्छौं कि शान्तिपूर्ण कार्यक्रममा सहभागी स्थायी समिति सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेड पदम राई लगायत बन्दका क्रममा गिरफ्तार पर्नुभएका सम्पूर्ण कमरेडहरुलाई यथाशिघ्र मुक्त गरियोस्, अन्यथा अझ सशक्त कार्यक्रमको घोषणा सहित प्रतिरोध गरिनेछ । संघर्षबाट पैदा हुने परिस्थितिको जिम्मेवार ओली सरकार नै हुनु पर्नेछ ।

संघर्षका कार्यक्रमहरु

२०७४ साल फागुन ९ गते कोण सभा

२०७४ साल फागुन १० अन्तरक्रिया

२०७४ साल फागुन ११ गते केपी ओलीको पुत्ला जलाउने

२०७४ साल फागुन १२ गते प्रदर्शन

२०७४ साल फागुन १३ गते देशव्यापी ठूलो प्रदर्शन

 

विप्लव

महासचिव

२०७४ साल फागुन ८ गते

Loading...