देशभर बन्दको प्रभाव, शैक्षिक संस्था र यातायात पूरै बन्द

काठमाडौं, ८ फागुन । देशभर बन्दका कारण जनजीवन प्रभावित भएकाे छ । नेपाल कम्युनिस्ट पार्टीले अाफ्ना पार्टीका स्थायी समिति सदस्यसहितलार्इ गिरफ्तार गरेकाे भन्दै अाज नेपाल बन्दकाे अाह्वान गरेकाे हाे । 

नेकपाकाे युवा संगठनकाे राष्ट्रिय सम्मेलनमा भाग लिन गएका बेला पूर्वकाे बिराटनगरबाट आइतबार प्रहरीले नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश अाेली सुदर्शन र पाेलिटब्यूराे सदस्य पदम रार्इसहित २९७ जनालार्इ गिरफ्तार गरेकाे थियाे । पछि दुर्इ जना नेतालार्इ राखेर बाँकी सबैलार्इ प्रहरीले रिहा गरिसकेकाे छ । उनीहरुकाे रिहार्इकाे माग गर्दै नेकपाले अाज बन्द अाह्वान गरेकाे हाे । 

बन्दका कारण देशभरका शैक्षिक संस्था पूरै बन्द छन । त्यसैगरी यातायात र बजार पनि बन्द रहेका छन् । राजधानी काठमाडौंसहित देशभर लामो र छोटो दुरीका सवारी साधनहरु चलेका छैनन् । यातायात, शैक्षिक संस्था, उद्योगधन्दा कलकारखाना ठप्प छन् । बन्दमा सार्बजनिक र निजी सवारीसाधन बाहेक प्रेस, एम्बुलेन्स, शब बहान, दुध बोक्ने गाडी र पानी बोक्ने गाडीजस्ता अत्यावश्यक सवारीसाधनलाई चल्न दिइने नेकपाले जनाएको छ ।

यस्तै बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले मोरङको विराटनगरमा विहानै दुई मालबाहक ट्रकमा अागजनी गरेका छन् । 

यसैबीच प्रहरीले साेमवार साँझ देशभरिबाट नेकपाका थप कार्यकर्ताहरुलार्इ प्रहरीले गिरफ्तार गरेकाे छ । बन्दकाे पूर्वसन्ध्यामा नेकपाले मशाल जुलुस निकालेकाे थियाे । मशाल जुलुसमा सहभागी भएकाे भन्दै देशभरबाट प्रहरीले एक दर्जनभन्दा बढी कार्यकर्तालार्इ गिरफ्तार गरेकाे नेकपाले जनाएकाे छ । 

Loading...