देउवाको निर्णय उल्टाउँदै केपीले राष्ट्रिय सभामा पठाए तीन जनाको नाम

काठमाडौँ, ८ फागुन । अघिल्लाे सरकारले गरेका निर्णयलार्इ उल्ट्याउँदै प्रधानमन्त्री केपी शर्मा अाेलीले राष्ट्रिय सभामा तीन जनाकाे नाम सिफारिस गरेका छन् । यसअघि शेरबहादुर देउवाले राष्ट्रिय सभामा अाफ्नै पार्टीका तीन जनाकाे नाम सिफारिस गरी पठाएका थिए । 

देउवाकाे उक्त निर्णय नमान्ने घाेषणा गरेका अाेलीले प्रम भएलगत्तै दुर्इ जना एमाले र एक जना माअाेवादी केन्द्रबाट गरी तीन जनाकाे नाम राष्ट्रपतिलार्इ सिफारिस गरेर पठाएका छन् । मन्त्रिपरिषदको मंगलबार बिहान बसेको बैठकले युवराज खतिवडा, विमला पौडेल राई र रामनारायण बिडारीलाई सिफारिस गरेको छ । खतिवडा र पाैडेल नेकपा एमालेबाट सिफारिसमा परेका हुन् भने बिडारी माअाेवादी केन्द्रबाट ।

खतिवडा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं राष्ट्र बैंकका पूर्वगर्भनर हुन् भने भोजपुर निवासी पौडेल राष्ट्रपति विद्यादेवी भण्डारीको सचिवालयमा थिइन् । बिडारी वरिष्ठ अधिवक्ता एवं पूर्वसांसद हुन् । 

देउवा सरकारले दुई साताअघि कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीको नाम सिफारिस गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाले सिफारिस गरेका तीनवटै सिफारिस ‘होल्ड’ गरेकी थिइन् ।

Loading...