नेकपाले बनायो रेड फोर्स, दमनका बाबजुत रेडफोर्सको राष्ट्रिय सम्मेलन सम्पन्न

विराटनगर, ७ फागुन । सरकारकाे दमनका बाबजुत राष्ट्रिय युवा जनस्वयमसेवककाे राष्ट्रिय सम्मेलन सम्पन्न भएकाे छ । अाइतबार विराटनगरमा अायाेजना गरिएकाे नेपाल कम्युनिस्ट पार्टीकाे युवा संगठनका राष्ट्रिय सम्मेलनमाथि सुरु हुनै लाग्दा प्रहरीले व्यापक धरपकड गरी २९७ जना नेता कार्यकर्तालार्इ गिरफ्तार गरेकाे थियाे ।

सम्मेलनले बाबुराम रार्इ विवशकाे अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय समिति चयन गरेकाे छ । दमनका कारण खुल्ला सभा हुन नसके पनि निर्धारित स्थानमै संगठनकाे बन्दशत्र सुरु गरेर सम्मेलन सम्पन्न गरेकाे नवनिर्वाचित अध्यक्ष बाबुराम रार्इले जानकारी दिए । सम्मेलनबाट उपाध्यक्षमा मिना चलाउने, महासचिव दिपराज शेर्पाली, सचिव देव गुरुङ, कोषाध्यक्षमा प्रेम बि क चयन भएका छन् । सम्मेलनले संगठनकाे नाम पनि परिवर्तन गरेकाे छ । राष्ट्रिय युवा जनस्वयमसेवकनाम परिवर्तन गरी युथ रेड फाेर्स नाम राखिएकाे छ ।

सम्मेलनका लागि प्रमुख अतिथिका रुपमा गएका नेकपाका स्थायी समिति सदस्य र पाेलिटब्यूराे सदस्य पदम रार्इलार्इ गिरफ्तार गरिएपछि बन्दशत्रमा नेकपाका पाेलिटब्यूराे सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज अनिल शर्माले सम्बाेधन गरेका थिए ।

सम्मेलनपछि कम्युनिस्ट न्यूज सेेन्टरसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष बाबुराम रार्इले अब संगठनले भ्रष्टाचारका विरुद्ध संघर्ष केन्द्रित गर्ने बताए । भ्रष्टाचार संस्कारकै रुपमा फैलिन थालेकाे भन्दै अाजका हरेक सचेत युवाले भ्रष्टाचारका विरुद्ध नलडी र भ्रष्टाचारलार्इ परास्त नगरी देश समृद्ध हुन नसक्ने उनले बताए । उनले भ्रष्टाचारीहरुलार्इ भण्डाफाेर गर्ने जनकारवाही गर्ने र अपुराे राजनीतिक क्रान्तिलार्इ पूरा गर्न याेगदान गर्ने संगठनकाे मुख्य दायित्व अाएकाे बताए ।

सम्मेलनकाे पूर्वसन्ध्यामा संगठनले काठमाडाैंमा पत्रकार सम्मेलन गरेर अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगका प्रमुख दीप बस्न्यातले गरेकाे भ्रष्टाचारकाे भण्डाफाेर गरेकाे थियाे । बस्न्यात ठूला भ्रष्टाचारीसँग माेलमाेलार्इ गरेर साना साना केही नाटकका रुपमा कर्मचारीहरुमाथि कारवाही गरेर देखाउन लागेकाे दावी गरेकाे थियाे । बस्न्यात ४१ वर्षे प्रशासनिक यात्रामा कमिसनकै बलमा सधै मालदार कमाउँ अड्डामा रहेकाे फेहरिस्त सार्वनजिक गर्दै उनीमाथि कारवाही गर्ने घाेषणा गरेकाे थियाे ।

Loading...