केपी ओलीले शान्तिपूर्ण कार्यक्रममा दमन गर्न लागेको भन्दै युरोपभर बिरोध !

काठमाडौं, ६ फागुन । सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेताहरुको गिरफ्तारीविरुद्ध यूरोपमा रहेका नेपालीहरुले विरोध जनाएका छन् । शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गर्न लगाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको यूरोपभर विरोध भइरहेको छ ।

यूरोपका विभिन्‍न देशहरुमा रहेका नेपालीहरुले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै पूर्वघोषित शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरेर ओली सरकाले फासिवादी हर्कतका साथ आफ्नो कार्यकाल शुरु गरेको बताएका छन् ।

”पूर्वघोषित शान्तिपुर्ण कार्यक्रममा हस्तक्षेप गरेर ओली सरकाले फासिवादी हर्कतका साथ आफ्नो कार्यकाल शुरु गरको छ । सरकारको सामाजिक फासिवादी तथा दलाली चरित्रलाई छिट्टै उदाङ्गो पारेको छ । हाम्रो संगठन नेपाल सरकारलाई फासिवादी हर्कत तत्काल वन्द गर्न, जनताको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न, मानव अधिकारको सम्मान गर्न र गिरफ्तार नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहा जोडदार माग गर्दछ” विज्ञप्तिमा भनिएको छ ।

नेकपाको प्रवासी संगठन नेपाल जनप्रगतिशील मोर्चा यूरोप, बेल्जियम, जर्मनी, पोर्चुगल,स्पेन,पोल्याण्ड, बेलायत, बेल्जियमले निकालेको संयुक्त विज्ञप्तिमा नेपालीहरुले समर्थन गरेका छन् ।

गिरफ्तार नेता-कार्यकर्ताहरुलाई रिहाई नगरे प्रधानमन्त्री केपी शर्मा ओलीको यूरोपभर भण्डारफोर अभियान चलाउने नेपाली जनप्रगतिशील मोर्चा, यूरोपका अध्यक्ष विष्णु भुजेलले बताए ।

यस्तो छ संयुक्त विज्ञप्ति

पूर्वघोषित शान्तिपुर्ण कार्यक्रममाथि प्रहरि हस्तक्षेप बन्द गर, गिरफ्तार नेता तथा कार्यकर्ताको तत्काल रिहा गर ।

नेपाल कम्युनिस्ट पार्टी सम्वद्ध युवा संगठन राष्ट्रिय युवा जनस्वंसेवकको तेस्रो राष्ट्रिय सम्मेलन शुरु हुनु पुर्वनै प्रहरीले हस्तक्षेप गरेको छ । उक्त सभामा प्रमुख अतिथीको रुपमा सहभागी हुन आएका नेकपाका स्थाइसमिति सदस्य हेमन्त प्रकाश वली,पोलिटव्युरो सदस्य पदम राई,युवा संगठन सम्वद्ध २०० भन्दा वढी नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । त्यस्तै गरि उक्त कार्यक्रममा सहभागी हुन आएका नेता तथा कार्यकर्ता चढेका दर्जनौ वसहरुलाई नियन्त्रणमा लिएको छ ।

यसरी पूर्वघोषित शान्तिपुर्ण कार्यक्रममा हस्तक्षेप गरेर ओली सरकाले फासिवादी हर्कतका साथ आफ्नो कार्यकाल शुरु गरको छ । यसले यो सरकारको सामाजिक फासिवादी तथा दलाली चरित्रलाई छिट्टै उदाङ्गो पारेको छ । हाम्रो संगठन नेपाल सरकारलाई फासीवादी हर्कत तत्काल वन्द गर्न,जनताको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न,मानव अधिकारको सम्मान गर्न र गिरफ्तार नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहा जोडदार माग गर्दछ ।

विष्णु भुजेल, अध्यक्ष, नेपाली जनप्रगतिशील मोर्चा, यूरोप

मेख तमु, अध्यक्ष, नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियम

शेर बहादुर तुम्बापो, अध्यक्ष, नेपाली जनप्रगतिशील मोर्चा, जर्मनी

इन्द्र न्यौपाने, संयोजक नेपाली जनप्रगतिशील मोर्चा ,पोर्चुगल

इश्वर शर्मा, संयोजक, नेपाली जनप्रगतिशील मोर्चा,स्पेन

सुवर्णबाबु सापकोटा, महासचिव, नेपाली जनप्रगतिशील मोर्चा युरोप तथा तथा संयोजक नेपाली जनप्रगतिशील मोर्चा,पोल्याण्ड

टिएन रिजाल, संयोजक, नेपाली जनप्रगतिशील मोर्चा, बेलायत

वदन योङ्गहाङ्ग, अध्यक्ष, नेपाली जनजाती सरोकार मन्च, बेल्जियम

Loading...