गृहमन्त्री चढेकाे हेलिकाेप्टर दुर्घटना हुँदा १४ जनाकाे मृत्यु

काठमाडाैं । भुकम्पकाे असरबारे अवलाेकन गर्नका लागि गृहमन्त्रीसहित उच्च अधिकारीहरु बोेकेको एक हेलिकप्टर मेक्सिकोमा दूर्घटनाग्रस्त भएको छ । दुर्घटनामा १४ जनाको ज्यान गएको छ ।

हेलिकप्टरमा सवार अधिकारीहरु शुक्रबार गएको भूकम्पको असर अवलोकनका लागि त्यसको केन्द्रविन्दु नजिकको शहर गएका थिए । मेक्सिकोको गृह मन्त्री र दक्षिण–पश्चिम ओहाका राज्यका गर्भनर पनि सो हेलिकप्टरमै थिए । तर, दुवै जना सकुशल रहेका छन् । अवतरणको समयमा हेलिकप्टरका पाइलटले नियन्त्रण गुमाएको गृहमन्त्री अलफोन्सो नेभ्यारेटेले भने ।

७.२ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु ओहाका थियो तर त्यसले ३५० किलोमिटर टाडा मेक्सिको सिटीका भवनहरु पनि हल्लिएका थिए । भूकम्प आफैबाट कसैको मृत्यु भएको रिपोर्ट भने आएको छैन ।

अधिकारीहरुका अनुसार सो सैन्य हेलिकप्टर भूकम्पबाट बचेर सुरक्षित बासको लागि नजिकको चौरीतर्फ गइरहेका मान्छे चढेका भ्यानहरुमाथि खसेको थियो । ओहाका प्रहरी अधिकारीका अुनुसार सो दुर्घटनामा एक छ–महिनाको शिशुसहित चौध मानिसको ज्यान गएको छ ।

प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाको सयम रातको समय थियो र गाँउमा विजुली पनि थिएन । हेलिकप्टर अवतरण गर्नु अघि आकासमा धेरै चक्कर लगाएकाले धुलो उडेको अवस्था थियो । यसले गर्दा ‘भीजीवीलीटी’ झनै कमजोर भएको थियो । मर्नेमध्य हेलिकप्टरमा सवार पनि थिए कि भनेर अझै प्रष्ट भइसकेको छैन तर नेभ्यारेटेले हेलिकप्टरमा रहेका मध्य केही घाइते भएको बताए ।

शुक्रबार आएको भुकप्पको केन्द्र पिनोटेपा डे डन लुइस शहर नजिक जमिनभन्दा २४.६ कि.मी.मुनि रहेको थियो । यसले भूकम्पले केही भवनहरुलाई असर गरेको छ । कम्पनपछि मेक्सिको सिटीमा हजारौं मानिसहरु सडकमा निस्किएका थिए । यसले गर्दा यातायात केही समय अवरुद्ध भएको थियो ।

अघिल्लो सेप्टेम्बर मेक्सिकोमा आएका दुई अलग भूकम्ममा परि सयौं मानिसको ज्यान गएको थियो । मेक्सिको विश्वको सबैभन्दा सक्रिय भूकम्पिय क्षेत्रमा रहेको छ । यो पृथ्वीका सबैभन्दा ठूला तीन टेक्टोनिक प्लेटहरु : उत्तर अमेरिकी, कोकोस र प्यसिफिक प्लेटमाथि रहेको छ ।

Loading...