दक्षिण कोरियामा रहेका चितवनवासीले गरे अधिवेशनबाट नयाँ नेतृत्व चयन

सोल । वैदेशिक रोजगारी र अन्य कामको सिलसिलमा दक्षिण कोरिया पुगेका चितवनबासीले नयाँ नेतृत्व चयन गरेका छन् । ‘चितवन सम्पर्क समिति दक्षिण कोरिया’को चौधौं अधिवेशन सम्पन्‍न भएको छ ।

अधिवेशनले भोला पौडेलको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको हो । वरिष्ठ उपाध्यक्ष दिलिप ढुं‌गाना उपाध्यक्ष लिलाकान्त महतो थारु, सचिव राजु घिमिरे सर्वसम्मत रुपमा नयाँ कार्यकालको लागि चयन भएका छन् ।

वैदेशिक रोजगारीसँगै विभिन्‍न सामाजिक कार्यमा संलग्‍न समितिले अागामी दिनहरुमा पनि त्यसलाई निरन्तरता दिने नयाँ नेतृत्वले प्रतिवद्धता जाहेर गरेको छ ।

Loading...