केपी र प्रचण्डबीचको वान टु वान वार्तामा एक बुँदे सहमति, बालकोटबाट निरास भएर फर्किए प्रचण्ड

काठमाडौ, ५ फागुन । वान टु वान वार्तामा बसेका नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अाेली र माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड एक बुँदे सहमति गरे उठेका छन् । अाेलीकाे निजी निवास भक्तपुरकाे बालकाेटमा भएकाे दुर्इ नेताबीचकाे वार्ता विना निष्कर्ष टुङ्गिएकाे हाे । उनीहरुबीच भएकाे एक बुँदे सहमति अरु केही नभएर कार्यदलकाे बैठक बसाल्ने सहमति मात्र हाे ।

बालकोटमा करिब ४५ मिनेट दुर्इ नेताबीच लामो कुराकानी भएकाे थियाे । साे क्रममा दुबै नेताले अाअाफ्ना अडान राख्ने वाहेक ठाेस सहमति नभएकाे स्राेतले जनाएकाे छ । पार्टी एकता र मन्त्रिमण्ड विस्तारबारे दुर्इ जनाकाबीच छलफल भएकाे बताइएकाे छ । दुर्इ नेताले छलपछि अाइतबार पार्टी एकता संयोजन समितिको बैठक बोलाउने सहमति मात्र गरेकाे बताइएकाे छ । पार्टी एकता र सरकार विस्तारको लागि महत्वपूर्ण रुपमा हेरिएको वार्तामा अाइतबार संयोजन समितिको बैठक बोलाउने विषयमा मात्रै दुबै अध्यक्ष सहमत भए ।

बालकोटबाट बाहिँदै माके अध्यक्ष प्रचण्डले वार्ता सकारात्मक भएको र छिट्टै पार्टी एकताको लागि थप छलफल गर्न अाइतबार संयोजन समितिको बैठक बोलाइएको जानकारी दिए ।

दुबै पार्टीबीचको एकता अन्तिममा अाएर मार्ग निर्देशको सिद्धान्तमा ब्रेक लागेको थियो । माके माओवाद छोड्न तयार भएपनि एमालेले जबज छोड्न नसकिने बताएपछि एकता रोकिएको थियो । एमालेले जबजलाई नछोडेसम्म एकता नहुने माकेका नेताहरुले बताउँदै अाएका छन् । तर एमालेभित्र छोड्नेभन्दा पनि जबजलाई झन् बलियो बनाउनु पर्ने बहस सुरु भएको छ ।

Loading...