यसपटक नेपालका सांसद बनेका यी हुन भारतीय नागरिक

काठमाडौं, ५ फागुन । नेकपा माओवादी कबेन्द्रका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेशचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ ।

भारतमा मतदाता हुनका लागि १८ बर्ष उमेर पुगेको भारतीय नागरिक हुन अनिवार्य छ । प्राप्त कागजातअनुसार, बिहार राज्यको दरभंगाा जिल्लास्थित दरभंगा नगरपालिका अन्तर्गत दासको नाम छ । उनको नाम अहिले पनि भारतीय निर्वाचन आयोगको आधिकारीक वेबसाइटमा भेटिन्छ ।

दासको भारतीय भोटर आइडीमा पिताको नाम देवनाथ दास उल्लेख छ । उनको फोटोसहितको मतदाता परिचयपत्र नम्बर (भोटर आइडी) ‘आइएजी ०३७३१८३’ छ । उनको मतदाता क्रमांक १७५ छ । उनको मतदान केन्द्रको नाम ‘मैथिली साहित्य परिषद् मिश्रटोल, साउथ पार्ट’ उल्लेख छ ।

‘लालबाग प्रोफेसर कोलोनी मिर्जापुर, नगर निगम दरभंगा दरभंगा जिल्ला – ८४६००४’, मतदाता परिचयपत्रमा दासको ठेगाना उल्लेख गरिएको छ ।

भारतीय मतदाता हुनका लागि अनिवार्य रुपमा भारतीय नागरिक भई नागरिकता प्रमाणपत्र लिन जरुरी हुन्छ । दासको मात्र होइन, उनकी श्रीमती रेखाको नाम पनि भारतीय मतदाता सूचीमा छ । रेखाको मतदाता परिचयपत्र ‘सिएफबी ५१९४२८७’ छ । यनको मतदाता क्रमांक १०१ छ ।

Loading...