नवराज सिलवालले देउवालाई दिए कडा प्रतिक्रिया

काठमाडौं, ४ फागुन । लामाे समयदेखि लुकेर बस्दै अाएका पूर्व डिअार्इजी तथा एमाले सांसद नवराज सिलवालले शेरबहादुर देउवामाथि कडा टिप्पणी गरेका छन् ।

ललितपुरबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका सिलवालले देउवालार्इ अाफ्नाे स्वार्थका लागि जे पनि गर्न तयार हुने अधिनायकवादीकाे संज्ञा दिएका छन् । देउवाकाे बहिर्गमनलार्इ टिप्पणी गर्दै सिलवालले देशले अधिनायकवादी शासनबाट मुक्ति पाएको बताएका छन । निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अधिनायकवादी भएको बताउँदै सिलवालले अधिनायकवादी शासनबाट मुलुकले उन्मुत्ति पाएको बताएका छन् ।

देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको ५ घण्टापछि ट्वीट गर्दै सिलवालले देउवाको ज्यादतिबाट मुलुकले उन्मुक्ति पाएको बताएका हुन् । ‘कानूनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तयार एउटा अधिनायकवादी पात्रको ज्यादतिवाट मुलुकले आज उन्मुक्ति पाएको छ,’’ उनले लेखेका छन् ।

Loading...