नामिबियामा डिभिजन टु क्रिकेटको उपाधीबाट नेपाल बन्चित

नामिबियामा जारी डिभिजन टु क्रिकेटको उपाधीबाट नेपाल बन्चित भएको छ । युएइले हारको बदला लिएपछि आजको खेलमा नेपाल पराजित हुनपुग्यो ।

निर्धा्रित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ७७ रनको चुनौती दिएको युएईले फ़ाइनलमा नेपाल लाई पराजित गरेको छ । नेपाल निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २७० रनमा समेटिएको हो ।

कप्तान पारस खड्काले ८ छक्का र ३ चौका प्रहारसंगै उत्कृस्ट प्रदर्शन गर्दै शतक पूरा गरे पनि जीतको स्वाद दिलाउन सकेनन ।
यद्यपी शिर्ष दुइमा पर्न सफल भएकोले यस खेल अघि नै नेपालले विश्वकप छनौट खेल्ने यात्रा तय गरिसकेको छ ।

Loading...