प्रचण्डले माअाेवाद पनि छाेडेपछि एमाले-माकेबीच एकता टुङ्गियो, केपी र प्रचण्ड दुबै अध्यक्ष हुने

काठमाडाैँ, २ माघ । नेकपा एमाले र माअाेवादी केन्द्रबीच एकताकाे अन्तिम खाका तयार भएकाे छ । दुर्इ पार्टीकाे उच्च तहमा भएकाे छलफलपछि नयाँ पार्टीमा दुर्इ अध्यक्ष राख्ने सहमतिसहित एकताको खाका भएकाे छ ।

बुधवार दिनभर केपी अाेली र प्रचण्डबीच दुर्इ तीन चरणमा एक्ला एक्लै र अाअाफ्ना पार्टीमा अलग अलग छलफल गरी याे खाका टुङ्गाे लागेकाे हाे । दुबै पार्टीकाे बैठक अाज दिनभर ललितपुरकाे कुमारीपाटीमा रहेकाे एक ठेकेदारकाे घरमा भएकाे थियाे ।

के मा मिल्याे दुर्इ पार्टीकाे कुरा ?

धेरै पटक नजिक अाउँदै भत्किदै गरेकाे पार्टी एकताकाे प्रयास अन्तिममा प्रचण्ड र केपी अाेलीकाे हैसियत समान हुने भनेपछि कुरा मिलेेकाे हाे । अन्तिममा मिलेकाे सहमति अनुसार अब केपी अाेली र प्रचण्ड दुबै जना पार्टीकाे अध्यक्ष हुनेछन । दुर्इ अध्यक्ष मध्ये अाेली सेरेमाेनियल अध्यक्ष हुनेछन भने प्रचण्ड कार्यकारी अध्यक्ष हुनेछन् । अाेली प्रधानमन्त्री हुने भएकाे हुनाले उनी सेरेमाेनियल अध्यक्ष हुन सहमत भएका हुन् । नयाँ पार्टीमा दुर्इ अध्यक्ष बाहेक अरु कुनै पदाधिकारी पद नबनाउने कुरामा सहमति भएकाे छ ।

त्यसैगरी प्रधानमन्त्री र राष्ट्रपति दुबै पद एमालेले लगेकाे छ । एमालेबाट केपी अाेली प्रधानमन्त्री हुनेछन भने राष्ट्रपति पनि एमालेबाटै बामदेव गाैतम, झलनाथ खनाल, विद्यादेवी भण्डारी हुनसक्ने बताइएकाे छ । माअाेवादी केन्द्रले उपराष्ट्रपति र सभामुख बनाउनेछ भने उपसभामुख एमालेले नै लगेकाे छ ।

अाेली प्रधानमन्त्री भए पनि उनी साढे दुर्इ वर्षमात्र प्रधानमन्त्री हुनेछन । दुर्इ पार्टीले प्रधानमन्त्री अालाेपालाे चलाउने सहमति गरेका छन् । साढे दुर्इवर्षपछि अाेलीले सरकार छाेडेर प्रचण्डलार्इ सुम्पनेछन् र उनी पार्टीकाे कार्यकारी अध्यक्षमा फर्कनेछन् ।

प्रचण्डले माअाेवादी पनि छाेडे

जनयुद्ध छाडेर संसदीय व्यवस्थाकाे भासमा डुबेेकाे भन्दै निकै अालाेचना खेपेका प्रचण्डले अन्तत: माअाेवाद पनि त्यागेका छन् । एकताका क्रममा प्रचण्डले माअाेवाद पनि छाेडेपछि उनी निकटका नेताहरू नै  असन्तुष्ट भएका छन् । नयाँ सहमति अनुसार अब पार्टीकाे राजनीतिक दर्शन मार्क्सवाद र लेनिनवाद मात्र रहनेछ ।

सहमतिकाे खाकामा पार्टीकाे कार्यदिशा समाजवाद उन्मुख हुने भनिएकाे छ । त्यसकै अाधारमा कार्यदिशा निर्माण गरिने सहमतिमा उल्लेख गरिएको एक नेताले बताए । उनले दुर्इवटा कार्यदल बनाउने सहमति भएको पनि जानकारी दिए । एउटा कार्यदलले कार्यदिशा निर्माण गर्नेछ भने एउटा कार्यदलले संगठनात्मक संरचनाकाे खाका तयार गर्ने बताइएको छ ।

एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने सहमति भएकाे छ । तर, यही नामकाे नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा पार्टी छ । साे पार्टीले प्रचण्डले जनयुद्धमा धाेका दिएकाे भन्दै नयाँ क्रान्तिकाे थालनीकाे घाेषणा गर्दै विभिन्न कार्यक्रम गरिरहेकाे छ । याे सहमतिबाट उनीहरुले त्याे नाम जवरजस्त खाेस्न खाेजेकाे हाे कि भन्ने देखाएकाे छ ।

त्यसैगरी नयाँ पार्टीकाे केन्द्रीय समिति ९९ जनाभन्दा बढी नबनाउने सहमति भएकाे छ । त्यस्तै नयाँ पार्टीकाे पोलिटब्यूरो ३३ र स्थायी कमिटी ११ सदस्यीय हुने सहमति भएकाे स्राेतले जनाएकाे छ ।

सहमति जुटाउन यस्ताे गरियाे

एमाले र माओवादीबीच हुने भनिएको पार्टी एकताको चरण-चरणमा आज वार्ता, सम्वाद र छलफल भयो । सुरुमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच विहान करिब ११ बजे ‘वान टु वान’ वार्ता भएको थियो । आज दिनभरको वार्ता ललितपुरस्थित एक उद्योगी शारदाप्रसाद अधिकारीको घरमा बैठक बस्याे ।

दुवै नेताले पार्टी एकताका आधारभूत मोडल र सरकार गठनबारे खाका तयार पारे । सो खाका बोकेर दुई नेता पार्टीको आन्तरिक छलफलमा व्यस्त रहे । ओलीले आकस्मिकरुपमा सोही निवासमा पार्टी स्थायी समितिको बैठक बोलाएर व्रिफिङ गरे भने प्रचण्डले आफ्नो निवास खुमलटारमा पार्टीका नेताहरुलाई थाहा दिए । दुवै नेता पुनः ३ बजेतिर वान टु वान वार्तामा रहे र सो खाकामा सहमति कायम गरी पार्टी एकता संयोजन समितिको बैठक डाके ।

अहिले सोही खाकाबारे बेठकमा छलफल चलिरहेको छ । बैठकले एकताको अन्तिम खाका तयार पार्दैछ ।

Loading...