मोहन बैद्यको जिल्लामा किरणले गरे विप्लवसँग संयुक्त सभा

प्यूठान, १ फागुन । मुलुकमा क्रान्तिकारी कम्यूनिष्ट पार्टीहरुबीचको ध्रुविकरणको बहस चलिरहेका बेला मोहन वैध्य ‘किरण’को गृहजिल्ला प्यूठानमा नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माअोवादी)ले संयूक्त रुपमा जनयुद्घ दिवस मनाएका छन् ।

कार्यगत एकता र संयूक्त संघर्षका कार्यक्रमबारे यसअघि विभिन्न चरणमा छलफल गरेका दुई पार्टीले २३ अौं जनयूद्घ दिवसको अवसरमा बाग्दुलादेखि विजुवारसम्म र्यालि गरी विजुवार मित्रमणि चोकमा कोणसभा सम्पन्न गरेका हुन् । र्यालीमा सहभागी नेता कार्यकर्ताहरुले कम्युनिष्ट पार्टीको झण्डा बाेकेर जनयूद्घको स्मरणका नारा लगाएका थिए।

एमालेसँग एकता गर्न थालेको नेकपा माअोवादी केन्द्रले भने प्यूठानमा यसपटक जनयूद्घ दिवसको कुनै कार्यक्रम गरेन । जिल्लामा कुनै अौपचारिक कार्यक्रम नगरेको माअोवादी केन्द्रका नेता कृष्ण अधिकारी ‘प्रकाश’ले जानकारी दिए ।

क्रान्ति रोकिएको छैन : सुवास

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं राप्ती ब्यूरो ईन्चार्ज सुवासले मूल नेतृत्वले गद्दारी गरे पनि क्रान्तिको यात्रा नरोकिएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने “क्रान्तिको विजयको सन्निकट समयमा नेतृत्वले हामिलाई धोका दियो। तर पनि हामीले जनयुद्घका सपना, सहिदले देखाएको बाटो र जनताप्रति गरिएको प्रतिवद्घतामा गद्दारी गर्ने छैनौं र क्रान्तिको झण्डा निरन्तर उठाईरहनेछौं ।’

जनताको मुक्ति जरुर हुन्छ: केवि गुरुङ

नेकपा क्रान्तिकारी माअोवादीका पोलिटव्यूरो सदस्य के.वि. गुरुङले नेपाली सर्वहारा र उत्पीडित जनताको मुक्ति जरुरी रहेको र भई छाडने बताए । १० वर्षको जनयुद्घमा भएकाे दशौं हजार सहिदको बलिदानको सम्मान दलाल राज्यसत्ताको अन्त्य र जनताको मुक्तिबाट मात्र हुने बताए ।

पूर्व सभाषद एवं पुराना कम्यूनिष्ट नेता दिपकबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पूर्व जनमुक्ति सेना एवं जनयूद्घका घाईते योद्घा राजेन्द्र राउत क्षेत्रीले गरेका थिए ।

Loading...