पेरिसडाँडाको जनयुद्ध दिवस छोडेर विष्ट, किराती र अाहुती विप्लव-बैद्यको कार्यक्रममा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)ले संयुक्त रुपमा जनयुद्ध दिवस मनाइरहेका छन् ।

काठमाडौंको राष्ट्रिय सभागृहमा अायोजित अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।

माओवादी केन्द्र एमालेमा विलय भएको भन्दै पार्टीबाट अाफू अलग भएको बताउँदै अाएका लोकेन्द्र विष्टमगर,गोपाल किराती र विश्‍वभक्त दुलाल ‘अाहुती’लगायतका नेताहरु पनि सहभागी भएका छन् । जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रले पेरिसडाँडाको कार्यक्रममा सहभागी नभएर राष्ट्रिय सभाको कार्यक्रममा सहभागी भएका हुन् ।

कार्यक्रम जारी छ । बक्ताहरुले सम्बोधन गरिरहेका छन् ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, परी थापा, नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, उमा भुजेललगायतका नेताहरुले कार्यक्रमलाई सम्बोधन गर्ने नेकपाले जानकारी दिएको छ ।

Loading...