वलिउड नायक अभिषेकको फेसबुक र इन्स्ट्राग्राम टर्किस साइबर आर्मीले गर्यो ह्याक

काठमाडौं, २९ माघ । अभिनेता अभिषेक बच्चनको फेसबुक र इन्स्ट्राग्राम एकाउन्ट पनि ह्याक भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । केही समयअघि अभिषेकको ट्विटर एकाउन्ट ह्याक भएको थियो । उनको ट्विटर एकाउन्ट आफूलाई टर्किस साइबर आर्मी भन्ने ह्याकरले ह्याक गरेको थियो ।

ह्याकरले अभिषेकको एकाउन्टबाट तुर्की सेना र योद्धाको पक्षमा ट्विट गर्ने गरेको थियो । त्यतिवेला अभिषेकले आफ्नो एकाउन्ट ह्याक भएको बारेमा त्यत्ति साह्रो बताउनुपरेन, किनभने केही समयमै उनको सो एकाउन्ट रिकभर भएको थियो ।

अहिले आएर अभिषेकको फेसबुक र इन्ट्राग्रामसमेत ह्याक भएको छ । ह्याकरले अभिषेकको एकाउन्टमा अचम्म लाग्दा फोटो सेयर गरेको छ । त्यसमध्ये एउटा फोटो अमिताभ बच्चन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको फोटो थियो ।

एउटा फोटोको क्याप्सनमा आई लभ यु क्याट्रिना कैफ लेखिएको थियो । अभिषेककै एकाउन्ट किन ह्याक भइरहेको छ भन्नेमा सबै चकित परेका छन् ।

Loading...