उत्तर कोरियाले सैनिक दिवस मनाउन लाग्दा अमेरिका किन आत्तियो ? किमले पठाए आफ्नी बहिनीलार्इ पहिलो पटक दक्षिण कोरिया

काठमाडौं, २५ माघ । उत्तर कोरियाको सेनाले अाज सैन्य दिवस मनाइरहेको छ । हरेक वर्ष फेब्रअरी ८ मा उसले सेना दिवस मनाउँदै अाएको छ ।

यो वर्ष शीतकालीन ओलम्पिक गेमको पूर्वसन्ध्यामा उत्तर कोरियाली जनमुक्ति सेना सडकमा निस्केको हो । उत्तर कोरियाको विरोधमा रहेका देशहरुले परेड रोक्न अाग्रह गरेका थिए तर उसले सेना दिवस भएको बताउँदै सबै अाग्रह र अालोचनालाई मानेन् ।

अाजभन्दा ७० वर्षअघि अाजैको दिन सन् १९४८ मा स्थापना भएको थियो । कोरियन पिपुल्स आर्मी स्थापनाको अवसरमा उत्तर कोरियाले हरेक सैन्य परेडका साथ विविध कार्यक्रम गरेर मनाउने गरेको छ । उत्तर काेरियाले सैनिक दिवस मनाउँदै गर्दा उता अमेरिका लगायत केही शक्ति राष्ट्रहरु अात्तिएका छन् । उत्तर काेरियाले सैनिक दिवस मनाउने क्रममा केही लामाे दुरीका अाणविक हतियार परिक्षण गर्न सक्ने भन्दै अमेरिकाले त्यसप्रति विश्वकाे ध्यानाकर्षण गराएकाे हाे ।

यसैबीच उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले अाफ्नी बहिनी किम् जो–जङलार्इ दक्षिण कोरिया पठाउन लागेका छन् । जाे जङ किम परिवारबाट दक्षिण काेरियाकाे भ्रमण गर्ने पहिलाे व्यक्ति बन्ने बताइएकाे छ ।

दक्षिण कोरियामा आउँदो शुक्रवारबाट सुरु हुने शीतकालीन ओलिम्पिक्स खेलको उद्घाटन समारोहमा सहभागी उनी जाने लागेकी हुन् । वर्कर्स् पार्टीकी पोलिट्ब्युरो सदस्य समेत रहेकी नेतृ जो-जङ किम परिवारबाट दक्षिण जाने पहिलो व्यक्ति हुने भएकी छन् ।

खेलको उद्घाटन दुबै कोरिया एउटै झण्डामुनि मैदानमा निस्कने भएका छन् । यसले दुबै कोरियालाई भावनात्मक रुपमा जोड्ने अपेक्षा गरिएको छ ।

दुबै कोरियालाई लडाउँदै आएको अमेरिका यसलाई प्रोपागाण्डाका रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएको छ । अमेरिकाको सहयोगी जापानले त झन् एउटै झण्डा प्रयोग गरेकोप्रति आपत्ति जनाएको छ । यो कोरियाको आन्तरिक मामलामा हस्ताक्षेप हो ।

को हुन् जङ ?

नेता उनकी आफ्नै बहिनी जङको जन्म सन् १९८७ मा भएको हो । उनी स्वर्गीय नेता किम जङ–इलकी कान्छी छोरी हुन् । उनी पार्टीको पोलिट्ब्यूरो सदस्य समेत हुन् ।

पार्टीका सचिव चोय रियोङ–हायका छोरासँग उनको बिहे भएको छ । नेतृ जो–जङ पार्टीको प्रोपोगान्डा विभाग प्रमुख समेत हुन् । उनले उत्तर कोरिया र नेतृत्वबारे विश्वमा हुने गलत प्रचारको प्रतिवाद गर्दै आएकी छन् ।

Loading...