‘फष्ट डबली क्वीज’को विजेता बन्यो क्रियटिभ एकेडेमी

काठमाडौं, २१ माघ । संवाद डबली र अनलाइन डबली डटकमले आयोजना गरेको ‘फस्ट डबली क्वीज’ प्रतियोगिताको विजेता क्रियटिभ एकेडेमी बनेको छ । दुई दिनसम्म चलेको प्रतियोगितामा १५ समूहलाई पछी पार्दै काठमाडौँको किर्तिपुरस्थित उक्त विद्यालय विजेता बनेको हो ।

फस्ट रनरअप बालुवाटारमा रहेको आर्शिवाद बोर्डिङ स्कूल, सेकेण्ड रनरअप ह्वीज किड्स इन्टरनेशनल स्कूल बिशालबजारको (बी) टीम बनेको थियो । त्यसैगरी थर्ड रनरअप किड्सकै दोस्रो टीम बन्यो ।

प्रतियोगितामा वृहस्पति शिशु सदन, बेबी लोन नेशनल स्कूल, साहरा नेशनल स्कूल, भद्रघले स्कूल, महान शिदार्थ स्कूल, पिस पोइन्ट इङ्लिस बोर्डिङ स्कूल, नेपाल मेघ स्कूल, र साम्भावी स्कूलका १६ समूहले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको सेमी फाइनल शनिबार काठमाडौँको चारखालस्थित टाइम्स कलेजमा भएको थियो भने फाइनलको लागि सुकेधारस्थित बागमती कलेजमा आइतबार चार समूहबीच प्रतिस्पर्धा भएको थियो ।

बिजेता समूहलाई संवाद डबलीको अध्यक्ष दिपेन्द्र रावलले मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । सबै विजेत समूहलाई बधाई र सहभागी सबै विद्यार्थीलाई धन्यवाद दिँदै रावलले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै जाने बताए ।

‘परिवर्तन अभियान नेपाल’ सहयोगी बनेको प्रतियोगिताको संयोजन प्रेम बुढा गरेका थिए भने विशाल निरौला, दिपक तिवारी,विशाल मणीले सहयोग गरेका थिए । प्रतियोगिताको संचालन पासाङ मगर र अप्सरा पौडेलले गरेकी थिइन् ।

Loading...