ओलीको धम्कीपछि प्रचण्डका सहयोगीले हटाए फेसबुक स्टाटस, के थियो एमालेलाई तरङ्गित पार्ने स्टाटस ?

काठमाडौं, २१ माघ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया चलिरहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजकले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि संगीन आरोपहरु लगाउदै लेखेको स्टाटस फेसबुकबाट हटाएका छन् ।

भारतीय विदेशमन्त्री सुश्मा स्वराजको नेपाल भ्रमणको विषयलाई लिएर प्रचण्डका प्रेस संयोजक मनोहरी तिमल्सिनाले ओलीको चरित्रहत्या हुने गरी संगीन आरोप लगाएपछि एमालेको शीर्ष नेतृत्वमा निकै चर्चाको विषय बन्यो । त्यतिमात्रै हैन एमाले अध्यक्ष अाेलीले नै यस विषयमा कुरा उठाएपछि माओवादी केन्द्रभित्र पनि खैलाबैला मच्चियाे ।

तिमल्सिनाले ओलीको बारेमा विगत कोट्याउँदै फेसबुकमा तीन अवतार प्रस्तुत गरेका थिए । तर एमालेकाे मालेको शीर्ष नेतृत्व र सामाजिक सञ्जालमा त्यसकाे व्यापक अालाेचना भएपछि उनले शनिबार नै उक्त स्टाटस अाफ्नाे फेसबुक वालबाट हटाएका छन् ।

माओवादी हेडक्वार्टरको निर्देशनपछि तिमिल्सिनाले उक्त स्टाटस हटाएकाे माके उच्च स्राेतले बताएकाे छ । ‘मनहरी जीको स्टाटसले एमालेभित्र तनाव सिर्जना भयाे । उहाँ आफै जिम्मेवार मान्छे यस्तो हलुकारुपमा प्रस्तुत हुनु नपर्ने हो ।’ माके उच्च स्राेतले भन्याे- ‘उहाँले स्टाटस हटाए पनि त्याे राम्राे भएन । स्टाटस त हटाउनु भयाे, नेताहरूले हटाउन लगाए ।’

एमालेसँग एकताकाे व्यापक तयारी चलिरहेका बेला अाेलीकै बारेमा तिमिल्सिनाले यस्ताे स्टाटस लेखेपिछ माअाेवादी केन्द्रभित्र पनि तनाव उत्पन्न भएकाे छ ।

बालकोट स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले सचिवालका सदस्यमार्फत तिमिल्सिनाको स्टाटस शुक्रबार नै अाफैले पढेका थिए । एमाले निकट दैनिक नेपालले उक्त स्टाटसबारे बनाइएको समाचार अध्यक्ष ओलीले पढेका थिए ।

“माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयबाट चरित्रहत्या हुने आएको स्टाटसबारे अध्यक्षलाई जानकारी गराएका थियौँ । आफै हेर्ने चाँसो राखेपछि समाचार नै देखायौं । आफै पढेपछि गम्भीर हुनुभयो” बालकोट स्रोतले भन्यो । ओलीले सुरुमा प्रचण्डका प्यादाले के लेखेको भन्ने सुनेको छु भन्दै स्टाटसबारे चाँसो राखेका थिए ।

स्टाटसपछि एक पटक माओवादी केन्द्रका अध्यक्षसँग फोन पनि भयो तर के विषयमा कुरा भएको थाहा नभएको स्रोतले बतायो । भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वादेश फर्केपछि ओली र प्रचण्डबीच एक पटक फोन वार्ता भएको बताएको छ ।

एमाले अध्यक्ष ओलीलाई भारतका भक्त भनेको विषयमा एमालेका नेताहरुले आपत्ति जनाएका छन् । विशेष गरी ओली पक्षीय नेताहरुले त प्रचण्डले आफूजस्तै राष्ट्रघाती देखेको आरोप लगाएका छन् । उनीहरुले यस्तै तरिका रहिरहे माअाेवादीसँग एकता गर्ने विषयमा पार्टीले गम्भीर भएर पुनर्विचार गर्नुपर्ने भन्दै धम्की समेत दिएको स्रोतको भनाई छ ।

प्रचण्डका प्रेस संयोजकले यस्तो लेखेका थिए

तिमिल्सिनाले सामाजिक संजाल फेसबुकमा ओली २०४६ देखि ०७२ सम्म भारतको भक्त भएको बताउँदै महाकाली सन्धीका प्रमुख योजनाकार भएको अारोप समेत लगाएका छन् । त्यसैगरी २०७२ देखि ०७४ सम्म राष्ट्रवादी नेता भएको तर २०७४ माघदेखि प्रधानमन्त्रीको लागि विदेशी हस्तक्षेप अामन्त्रण गरेको तिमिल्सिनाले बताएका छन् ।

संयोजक तिमिल्सिनाले ओलीको तीन रुप भएको उल्लेख गरेका छन् । उनले ओलीका तीन अवतार भन्दै लेखेका छन्-

१. ओली ०४६ सालदेखि ०७२ सालसम्म दिल्लीभक्त थिए अनि महाकाली सन्धिका प्रमुख योजनाकार थिए ।

२. २०७२ असोजदेखि ०७४ माघसम्म ओली चर्चित राष्ट्रवादी नेता, राष्ट्रका पहरेदार भए ।

३. २०७४ माघदेखि प्रधानमन्त्रीका लागि छिमेकी हस्तक्षेप आमन्त्रण गर्ने भए ।

तिमिल्सिनाले १२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राख्यो बाङ्गाको बाङ्गै भन्दै ओलीलाई कुकुरसँग तुलना गरेका छन् । प्रचण्ड सचिवालयबाटै यस्तो स्टाटस अाउनुलाई एमाले-माके एकता टाढा पुगेको अर्थमा हेरिएको छ । कतिपय सामाजिक संजाल प्रयोगकर्ताहरुले एमाले र माकेको एकता नहुने पक्का भएपछि प्रचण्डले सचिवालयबाट अाक्रोस पोखेको बताएका छन् ।

उनका अनुसार, १ नम्बरमा ओली ०४६ सालदेखि ०७२ सालसम्म दिल्लीभक्त थिए अनि महाकाली सन्धिका प्रमुख योजनाकार थिए ।

दोस्रोमा ०७२ असोजदेखि ०७४ माघसम्म ओली चर्चित राष्ट्रवादी नेता भए, राष्ट्रका पहरेदार भए । तेस्रोमा ०७४ माघदेखि प्रधानमन्त्रीका लागि छिमेकी हस्तक्षेप आमन्त्रण गर्ने भए ।

यसरी तिम्लिसनाले १२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राख्यो बाङ्गाको बाङ्गै भनेर उल्लेख गरेका छन् ।

भारतीय विदेशमन्त्री स्वराजको भ्रमणका विषयमा सकारात्मक चर्चाहरु भइरहँदा पार्टी एकता प्रक्रियामा रहेको माओवादी अध्यक्षका सहयोगीबाट यस्ता आरोपहरु सार्वजनिक हुनुलाई एमाले नेताहरुले गम्भीरतापूर्वक लिएका छन् ।

को हुन् तिमल्सिना ?

प्रकाश दाहालको मृत्यु भएपछि तिमल्सिनाले प्रचण्डको सचिवालय सम्हाल्दै आएका छन् । प्रचण्डको दाहिने हातका रुपमा उनले सचिवालय सम्हाल्दै आएका छन् । प्रचण्डसँगको भेटवार्ता र उनको प्रेस सम्बन्धी कामको सबै संयोजन उनै तिमल्सिनाले गर्दै आएका छन् । उनी प्रचण्ड प्रधानमन्त्री हुँदा पनि उनको टिममा बसेर काम गरेका व्यक्ति हुन् ।

Loading...