प्रधानन्यायाधिशको कल डिटेलको रेकर्ड हेरेर छानविन गर्न भण्डारीको माग

काठमाडाैं, १९ माघ । सर्वाेच्च अदालतका प्रधानन्यायाधिशले नै ज्यान मार्ने धम्की दिएकाे भन्दै चर्चामा अाएका बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानन्याधिशकाे कल डिटेल हेर्न माग गरेका छन् ।

अाफूले कुनै स्टन्टका लागि याे कुरा नउठाएकाे बताउँदै भण्डारीले यसबारेमा गम्भीरतापूर्वक छानविन हुनुपर्ने बताए । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अाफ्नाे र पराजुलीका बीच भएकाे कल रेकर्डलार्इ अध्ययन गरेर त्यसका त्यसलार्इ सुनेर छानविन गर्न पनि माग गरेका छन् । उनले यति गम्भीर प्रश्न उठिसकेपछि पनि त्यसतर्फ ध्यान नदिइनु बरु गम्भीर रहेकाे बताए । प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यानलिनेसम्मको धम्की दिएको भण्डारीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।

यसैबीच भण्डारीले उजुरीमा माग गरेवमाेजिम अहिले उनकाे कार्यालय घरमा सुरक्षा व्यवस्था मिलाएकाे जिल्ला प्रशासन कार्यालय काठमाडाैंले जनाएकाे छ । महानगरीय प्रहरी परिसर काठमाडौंले अधिवक्ता भण्डारीको शंखमुलमा रहेकाे कार्यालय र ललितपुर प्रहरीले उनकाे ललितपुरमा रहेकाे निवास क्षेत्रमा प्रहरी निगरानी बढाइएको हाे । जिल्ला प्रशासन कार्यालयबाट आएको पत्रका आधारमा सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडाैंले जनाएकाे छ ।

भण्डारी डाक्टर गोविन्द केसीको पक्षबाट बहस गर्दै अाएका छन् ।

Loading...