बस सेवा सञ्चालन गर्ने स्कूलहरुमाथि सरकारले यस्तो अंकुश लगाउँदैछ

काठमाडौं, १९ माघ । सरकारले स्कूल बसहरुलार्इ व्यवस्थित गर्न नयाँ निर्देशिका ल्याएकाे छ । स्कूल बस निर्देशिका २०७४ पारित हुने प्रक्रियामा छ । नयाँ निर्देशिका अनुसार अब सार्वजनिक तथा निजी विद्यालयले आफ्ना बसमा द्यिार्थीलाई उभ्याएर यात्रा गराउन नपाउने भएका छन् ।

सरकारले तयार पारेको स्कुल बस निर्देशिका २०७४ जस्ताको जस्तै पारित भए विद्यालयहरुले कुनै पनि विद्यार्थीलाई उभ्याएर यात्रा गराउन पाउने छैनन् । स्कुल बसलाई व्यवस्थित गर्न यातायात व्यवस्था विभागले निर्देशिकाको मस्यौदा तयार पारिसकेको छ ।

निर्देशिकाको मस्यौदामा १२ बर्षभन्दा मुनिकाको हकमा सिट क्षमताबराबर संख्यामा मात्र विद्यार्थी राख्नुपर्ने व्यवस्था गरिएको छ । १२ बर्ष मुनिकाको हकमा भने बसको सिट क्षमताभन्दा एक दशमलव ५ गुणा विद्यार्थी राख्न सकिने व्यवस्था छ ।

कम उमेरका बालबालिकालाई एउटै सिटमा दुईजनासमेत राख्न सकिने भएकाले यस्तो नियम बनाइएको हो ।

Loading...