समाजसेवी कठायतद्वारा कालिकाेटमा स्वास्थ्य शिविर सञ्चालन

कालिकाेट, १८ माघ । समाजसेवी एवं कालिकोटका युवा दिलबहादुर कठायतकाे विशेष अायाेजनामा कालिकाेटकाे शान्नीत्रिवेणी गाउँपालिकामा २ दिने स्वास्थ शिविर भव्यरुपमा सम्पन्न भएकाे छ । माघ १६ र १७ गते गाउँपालिकाकाे १ नं. वडाकाे सेरिज्युला उमाविमा चलाईएकाे शिविरबाट शान्नी त्रिवेणीबाहेक जिल्लाका प्राय गाउँपालिकाका २२ सय ४३ जनाले सेवा पाएका छन् ।

स्थानीयवासी गाेकुल सुवेदीका अनुसार नरहरिनाथ गाउँपालिका, खाँडाचक्र नगरपालिका, नानिकाेट गाउँपालिकाका विरामीहरु पनि शिविरमा अाई सेवा लिएका थिए । साे शिविरकाे अायाेजना गरेका शान्नित्रिवेणी रवासी दिलबहादुर कठायतका अनुसार जुम्लास्थित कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डाक्टरहरु शिविरमा सहभागी थिए ।

“कालिकोटका हजारौ वासिन्दाहरुले आफ्नाे घरदैलोमै विभिन्न रोगहरुको निशुःक स्वास्थ्य जाँच गराई सेवा लिउनु भन्ने उद्देश्यले र म पनि स्वयम् कालिकोटकै वासिन्दा भएको ले उक्त निःशुल्क विशेषज्ञ घुम्ती शिविरको आयोजना गरेको हुँ,” कठायतले भने ।

कर्णाली अझै पनि स्वास्थ्यको पहुँचबाट पछाडि परेको छ । त्यसमा पनि कालिकोटको स्थास्थ्यको स्थिति विकराल छ । अन्ध विश्वास र कुरीतिको चक्रबाट बाहिर ल्याउन र स्वास्थ्यको पहुँच बाहिर रहेका सबै जनसमुदायलाई स्वास्थ्यको सरल र सर्वशुलभ पहुँच पुर्याउने उद्देश्यले शिविर चलाएकाे दिलबहादुरकाे भनाई थियाे ।

उक्त शिविरमा स्त्री रोग, बाल रोग, नाक कान घाँटी, छाला रोग लगायत अन्य रोगहरुको निःशुल्क उपचार भएकाे थियाे । शिविरका अर्का सहयाेगी नरप्रसाद जैसीका अनुसार उपचारकै क्रममा शान्नित्रिवेणी गाउँपालिका २ नं. निपासी उदय चँदराकाे छाेरी पनि जन्मिएकाे थियाे । २ दिने घुम्ती शिविरबाट सेवा लिन पाएकाेमा कालिकाेटबासीले खुशी व्यक्त गरेकाे स्थानीयकाे धारणा छ ।

Loading...