रेन्नेजलाई हराउँदै पीएसजी फ्रेन्च लिगको फाइनलमा

काठमाडौ । पिएसजी फ्रेन्स कोप डी ला लिगको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा पिएसजीले रेन्नेजलाई ३-२ गोल अन्तरले पराजित गर्दिया प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

पिएसजीका लागि मेउनियर, मर्क्युनहोस र लो केल्सोले गोल गरेका थिए भने रेन्नेजका लागि साखो र संजिन परकिकले गोल गरेका थिए । दोस्रो हाफको ६४औ मिनेटमा पिएसजीका एम्बाप्पेले रातो कार्ड पाएर मैदान छोडेपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो ।

१९ बर्षिय एम्बाप्पे इन्जुरिका कारण दुई खेल मैदान बाहिर रहेका थिए । क्लब फुटबलको क्यारियरमा उनि पहिलो पटक राट कार्ड खाएर मैदान छोडेका हुन् ।पिएसजी प्रतियोगिताको फाइनलमा यो सँगै पाचौ पटक पुगेको छ । पिएसजीले फाइनलमा मोनाको र मोन्टपेल्लियरबीचको विजेतासँग खेल्ने छ ।

Loading...