पराजुलीको नागरिकताको प्रतिलिपि माग्दै सिडियो कार्यालयमा पुगे डा. गोविन्द केसी

काठमाडाैं, १७ माघ । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै डा. गोविन्द केसी काठमाडाैं जिल्ला प्रशासन कार्यालय पुगेका छन् । केसीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा नागरिकताकाे प्रतिलिपिका लागि एक निवेदन समेत दर्ता गराएका छन् ।

केसी बुधबार बिहान १० बजे बबरमहलस्थित जिल्ला प्रशाशन कार्यलय पुगेका हुन् । उनले सूचनाको हक अन्तर्गत निवेदन दर्ता गरी प्रधानन्याधीशको नागरिकताको प्रतिलिपि माग गरेको बताए । डा केसी अधिवक्ताहरु सुरेन्द्रराज भण्डारी र ओमप्रकाश अर्याल, कलाकार रवीन्द्रसिंह बानियाँ र डा अभिषेकराज सिंह सहित निवेदन दर्ता गराउन प्रशासन कार्यालय पुगेका थिए।

प्रधानन्यायाधीश पराजुलीले नागरिकताको प्रतिलिपि लिँदा उमेर सच्याएको, न्यायपरिषदले कायम गरेको नागरिकताको विवरण र पराजुलीले पेश गरेको नागरिकताको प्रतिलिपीमा जन्ममिति फरक रहेको हुदाँ सक्कली नागरिकताको प्रतिलिपी मागेको बताए।

पछिल्लो समय डा केसीले प्रधानन्यायाधीश पराजुलीविरुद्ध अनशन सुरु गरेका थिए। जसका कारण अदालतको मानहानी मुद्दामा उनी पक्राउ परेर तीनदिनपछि रिहा भएका थिए।

Loading...